ताकममा निशुल्क आँखा शिविर, पहिलो दिनमै २ सय ९३ जनाले सेवा लिए

0
227

पश्चिम म्याग्दीको ताकममा निशुल्क आँखा शिविर सुरु भएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बिहिबारदेखि सुरु शिविरको गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले उद्घाटन गदैं गाउँपालिका भित्रका बस्तीबस्तीमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिने बताईन् । उनले शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै आँखा सम्बन्धि समस्या भएकालाई शिविरबाट सेवा लिन अनुरोध गरिन् । उनले जनचेतनाको अभावका कारण रोगको पहिचान हुन नसक्ने अवस्थाका विरामीलाई शिविरले सहज हुने बताईन् ।

धवलागिरी गाउँपालिका–७ ताकम, धवलागिरी यूवा क्लव, ताकम स्वास्थ्य चौकीको आयोजनामा सुरु भएको शिविरको पहिलो दिन २ सय ९३ जना विरामीले सेवा लिएका छन भने ३६ जना मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीको पहिचान भएको छ । शिविरको अवसरमा विदेशी चिकित्सक, प्राविधिक लगाएतले विरामीको उपचार गरेका थिए । शिविरको उद्घाटनको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन पौडेल,वडा अध्यक्ष कलानिधी सुबेदी,स्वास्थ्य संयोजक लोकनाथ पौडेल लगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । शिविर मंसिर २ गतेसम्म सञ्चालन हुने छ । गोपाल आचार्य