वेष्ट पोइन्ट मंटेसरीका शिक्षिकाहरुले गलेश्वर वृद्धाश्रममा खाद्यान्न वितरण गरेका छन् । मंटेसरी इन्चार्ज थरिमया पुनको संयोजकत्वमा अन्नक्षेत्र गलेश्वरमा बसोबास गर्दै आइरहेका बृद्ध बृद्धाहरुलाई दाल, चामल, चिनी लगायतका सामाग्री वितरण गरिएको हो । वेष्ट पोइन्ट मंटेसरी बेनीमा कार्यरत महिला शिक्षक प्रिया पाइजा, रुपा गर्बुजा ज्योति मल्ल र वेस्ट पोइन्ट आवासीय माविका बिमला पुन र सबिना शेरपुन्जाले करिब छ हजार बराबरको खाद्यान्न वितरण गरेका हुन् ।

‘विभिन्न कारणले आफ्नो घर परिवारबाट छुट्टीएर यसरी बृद्ध आश्रममा आश्रय लिएर बसेका बाबा आमा हामी सबैका साझा हुन्,‘एक अर्काको सहयोगले नै मानिसलाई बाच्न सहज बनाउने हुँदा थोरै भए पनि सहयोग गर्न पाउदा आफुहरुलाई आत्मसन्तुष्टि मिलेको छ’ संयोजक पुनले भनिन् । उनका अनुसार पूर्व प्राथमिकत तहका बालबालिकालाई ब्यवहारिक ज्ञानलाई प्राथमिकता दिने गरेको बताईन् । उनले जन्मदिन कुनै उत्सवमा यसरि सहयोग गर्ने प्रचलन बढेर गएको अवस्थामा सहयोग जुनसुकै बेलामा पनि गर्न सकिने बताए । गलेश्वर शिवालय क्षेत्र बिकास सिमितिका अध्यक्ष रुद्र बहादुर केसीको उपस्थितिमा सो सामान वितरण गरिएको थियो । विद्यालयले शैक्षिक संगै सामाजिक र मानवीय सेवामा समेत सहयोग गदैं आइरहेको छ।