हङकङबाट संगै आएका मोना हङकङका अध्यक्ष कर्ण पुन र सदस्य मनु पुनले समेत पर्यटकीयस्थल आसपासमा घुम्न गएकाले छरेको फोहोरलाई जोखिम मोलेर संकलन गरी नष्ट गरे । तीनजनाले जोखिम मोलेर भीर आसपासमा अड्किएका फोहोर समेत संकलन गरी जलाएका थिए । मोना हङकङका पूर्व अध्यक्ष समेत रहेका शेरपुञ्जाले फोहोरले पर्यटकीयस्थलको सुन्दरतालाई लुटेको बताए ।

उनले लभ्लीहिलमा फोहोर देखेर निरास भएको बताउँदै स्थानीयबासीको समेत सक्रियता आवश्यकता रहेको बताउँदै वडा र नगरपालिकाले समेत पर्यटकीयस्थलमा फोहोर ब्यवस्थापनमा आवश्यक पर्ने सन्देशमुलक होर्डिङ बोर्ड राख्नुपर्ने बताए ।यातायातको साधन, पैदलयात्रा गरी बेनीबजारको शीरमा अवस्थित लभ्लीहिललाई सफा र सुन्दर बनाउन लायन्स क्लव अफ बेनी पिससिटीले करिव २५ हजार मुल्य बराबरकाु फ्रेम सहित कुहिने र नकुहिने गरी दुईवटा डस्विन उपलब्ध गराएपनि प्रयोगविहिन हुदाँ फोहोरको डंगुर थुप्रिन थालेपछि घुम्न आउने पर्यटकले सरसफाई अभियान सञ्चालन गर्ने गरेका छन् ।

विभिन्न स्थानबाट जंगल, पुरानो पदमार्ग हुदै घुम्न जानेले गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च आसपासका क्षेत्रमा पलाष्ट्रिकजन्य फोहोर, मदिराका बोत्तल यत्रतत्र फाल्ने गरेका छन् । ‘फोहोर ब्यवस्थापनमा सघाउने प्रयास गरेका थियौं,‘हामीले गरेको सहयोगको सदुपयोग भएन’ लायन्स क्लव अफ पिस सिटीका अध्यक्ष लोकेश पुनमगरले भने । उनले उपलब्ध गराइएका डस्विन समेत जलाइएको बताउँदै फोहोरले आन्तरिक पर्यटकको संख्या घट्ने सम्भावना रहेको बताए।

दैनिकजसो घुम्न जाने क्रममा लगेको खानेकुरा खाएपछि यत्रतत्र फाल्ने गरेको फोहोर घुम्न जाने केहीले संकलन गरेपनि फोहोर ब्यवस्थापन हुन सकेको छैन् । सदरमुकाम बेनी आसपासमा बसोबास गर्ने, छिमेकी पर्वत बेनीबाट विदाको दिनमा घुम्न जाने सुन्दर गन्तब्यका साथै विभिन्न जिल्लाबाट घुम्न आएकाहरुको समेत रोजाईमा परेको लभ्लीहिलमा बस्नका लागि आरामदायी बेन्च, गोलघर (भ्यु प्वाईन्ट) र चौतारी, खुल्ला चौरमामा देखिएका भीडले लभ्लीहिल बेनी नगरपालिकाको आर्कषक गन्तब्यको रुपमा स्थापित भएपनि फोहोरका कारण पहिलोपटक घुम्न जाने निरास हुने गरेका छन् । लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम, संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।

विज्ञापन