मुटुरोगी नेपालीलाई बेल्जियमबाट सहयोग

बेनी नगरपालिका–१ रत्नेचौर निवासी मुटुरोगी विष्णु नेपालीको उपचारमा बेज्जियममा आर्थिक संकलन गरिएको छ । आर्थिक अभावकै कारण उपचारमा समस्या भएपछि मोना बेल्जियम महासचिव सुमन थापाको पहलमा संकलन भएको ३५ हजार ८३२ रुपैयाँ म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको कार्यालयमा एक कार्यक्रमका बीच कोषाध्यक्ष खम थापाले पीडित नेपालीको आफन्तलाई हस्तान्तरण गरेका थिए । रत्नेचौरको भानु माविमा कक्षा ८ मा अध्ययनरत १७ वर्षीय नेपालीको उपचारमा सकलित रकमले सहज भएको बताइएको थियो ।

पीडित नेपालीको उपचारमा मलेसियामा रहेका अर्जमका आशिष परियार, रत्नेचौर जागरण समुह लगाएतले समेत आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए । अभियानमा रत्नेचौर जागरण समुहले ४ लाख लाख ८२ हजार ६८३, महेन्द्र खत्रीको संयोजकत्वमा हङकङमा १ लाख ७० हजार समेत हस्तान्तरण भएको छ । संकलित आर्थिक सहयोगले नियमित औषधी सेवनका साथै उपचार र शिक्षामा सहयोग पुग्ने अभियान्ताहरुले बताएका छन् ।

सहयोगीहरुको नामवली :

प्रदिप थापा “सुमन” – 50 Euro
योगेन्द्र बिक – 50 Euro
दिल आले – 30 Euro
चन्द्र शर्मा – 25 Euro
पद्ममलाल बिक – 20 Euro
कृष्ण सुनार – 20 Euro
बिनु थापा – 20 Euro
क्षेत्र थापा- 20 Euro
थमन काउचा – 20 Euro
हरी शाही – 10 Euro
सृजना महतो- 10 Euro
पूर्ण कुमारी नेपाली- 10 Euro
जम्मा = 285 Euro