म्याग्दी प्रवासी उत्थान साझा मञ्च गठन

0
262

म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न एक भेलाबाट म्याग्दी प्रवासी उत्थान साझा मन्च म्याग्दी जिल्ला समिति गठन भएको छ । मञ्चको अध्यक्षमा मनबहादुर चर्मकार, उपाध्यक्षमा प्रेम नेपाली, सचिवमा अमित विश्वकर्मा, कोषाध्यक्षमा दिलमाया बिटालु र सहसचिवमा दिल गोपाल सिके चयन भएका छन् ।
मञ्चको कार्यसमिति सदस्यहरुमा पदम विश्वकर्मा, याम विश्वकर्मा, कुमार किसान, मिलन विश्वकर्मा, राजकुमार परियार, निरमाया मिजार, सन्दिप विश्वकर्मा र कुलबहादुर बोहोरा रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष बालकुमार लामिछाने विश्वकर्माले जिल्लाको विभिन्न गाउँहरुमा घट्ने घटना, जातीय विभेद न्युनीकरणका लागि पहल र सचेतनाका कार्यक्रमहरुमा प्रवासी दलित अभियन्ताहरुले चासो दिइएको हुँदा समितिमार्फत आवश्यक काम गर्नुपर्ने बताएका थिए । संस्थाको अन्तर्राष्ट्रिय तदर्थ समितिका सहसंयोजक महेन्द्र बोहोराको अध्यक्षता, मनबहादुर चर्मकारको स्वागत र अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा गएका दलित अभियन्ताहरु आबद्ध भई दलित समुदायको उत्थान, सचेतना प्रदान गर्ने तथा समस्याहरुमा समेत सहयोग गर्ने उद्देश्यले संस्था गठन गरिएको बताइएको छ ।