पाखापानीमा एकिकृत घुम्ती शिविर, गाउँमै सरकारी सेवा पाएपछि स्थानीय दंग

0

म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका बासीन्दाले गाउँमा नै नागरिकता पाएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोना गाउँपालिकाको व्यवस्थापनमा भएको एकिकृत घुम्ती शिविरमा मार्फत गाउँका जनाताले गाउँमा नै प्रशासकीय सुविधा पाएका छन् । जिल्लाबाट गएको टोलीले ३८ वटा नयाँ ८ वटा प्रतिलिपी नागरिकता, २३ जनाले जेष्ठ नागरिकता परिचय पत्र, बेनी अस्पतालबाट गएको डाक्टरहरुको टोलीले ७१ जनाको स्वास्थ्य परिक्षण, १८ जनाको जन्मदर्ता परिचय पत्र, २ जनाको मृत्यु दर्ता, र २३ महिला, २३ पुरुषको मतदाता परिचय पत्र बितरण गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तिन जनको अपाङ्ग परिचय पत्र वितरण गरिएको छ । त्यस्तै एक वडा एक हेली प्याडको अभियान अन्तरगत शसन्त्र प्रहरीबलले पाखापनीमा हेली प्याडको लागी काम सुरु गरेको प्रजिअ अधिकारीले बताउनुभयो ।‘जनताको घरदैलोमै पुगेर सेवा दिन प्रतिबद्ध छौ,‘घरदैलोमै पुगेर सेवा दिदाँ स्थानीय दंग परेका छन’ प्रजिअ अधिकारीले भन्नुभयो । शिविरमा नेपाल प्रहरीले कोटगाउँको विद्यालयका विद्यार्थीहरुलाई लागु औषध सम्बन्धि अनुशिक्षण समेत दिईएको थियो । उद्घाटन कार्यक्रमा बोल्दै प्रमुख अथिति प्रजिअ अधिकारीले सिंहदरबारको अधिकार गाउँघरमा भन्ने नारालाई सार्थक बनाउनका लागी गाउँमा घुम्ती शिविरको आयोजना गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भण्डारी अध्यता, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको सञ्चालनमा कार्यक्रम सञ्पन्न भएको थियो ।