श्रीमद्भागवत महापुराणमा वर्णित पुलस्त्य र पुलह ऋषिले तपस्या गरेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित पुलहाश्रममा स्थानीयवासीले आफ्नै पहलमा रु ८० लाख खर्चेर पूर्वाधार निर्माण गरेका छन् ।धार्मिक र पौराणिक रूपमा महत्वपूर्ण सो ठाउँको विकासका लागि २०४६ सालदेखि स्थानीयवासी पूर्वाधार निर्माण गर्दै आएका छन् । दुई पटक महायज्ञ लगाएर पुलहाश्रम क्षेत्रमा लाखौँको पूर्वाधार निर्माण गरेको पुलहाश्रम क्षेत्र विकास समितिका सचिव माधवप्रसाद रेग्मीले बताए।

पुलहाश्रममा २०४६ र २०६८ सालमा महायज्ञ लगाइएको थियो । सङ्कलन भएको रकमले मन्दिर, अतिथिगृह, क्षेत्र विकास समितिको कार्यालय, खानेपानी, विद्युत् र सडक निर्माण गरिएको छ । त्यहाँ हेलिप्याड, वनभोजस्थल निर्माण गरिनाका साथै मन्दिर वरिपरिको क्षेत्रमा वृक्षरोपणसमेत गरिएको छ ।
समितिसँग हाल रु ४२ लाख मौज्दात रहेको सचिव रेग्मीले जानकारी दिए ।

विज्ञापन