एक बर्ष देखि रोकिएको वारीबेनी – बाँसखर्क सडक कालोपत्रे गर्न टेण्डर आब्हान

पश्चिम क्षेत्रमा नै सबैभन्दा स्वादिलो सुन्तला फल्ने पर्वतको बाँसखर्क जोड्ने वारीवेनी – बाँसखर्क सडक कालोपत्रे गर्न पुननिर्माण प्राधिकरणले टेण्डर आब्हान गरेको छ ।अर्थ मन्त्रालयले सडक कालोपत्रे गर्न बजेट सुनिश्चिता गरेपछि राष्ट्रिय पूननिर्माण प्राधिकरण, आयोजना कार्यान्वयन इकाई पर्वतले सोमबार टेण्डर आब्हान गरेको हो ।पर्वतको जलजला गाउँपालिका वडा नं २ वारीबेनी देखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि अर्थमन्त्रालय पुगेपनि बजेटको सुनिश्चितता नभएका कारण गत बर्ष देखि टेण्डर प्रकृयामा जान सकेको थिएन ।

जम्मा १० किलोमिटर लामो यो यो सडकको कुल लागत लगभग २२ करोड रुपैया छ ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना र उहाँको सचिवालयले निरन्तर पहल गरेपछि सडकको टेण्डर आब्हान भएको छ । टेण्डर आब्हान संगै सडक कालोपत्रे हुने बिश्वास स्थानियबासीमा जागेको छ । ‘राष्ट्रियसभा अध्यक्ष र उहाँको सचिबालयले दैनिक रुपमा प्रकृया कहाँ पुग्यो भनेर पहल गरेपछि सडक कालोपत्रे गर्न अर्थले बजेट सुनिश्चित गर्ने र टेण्डर निस्कने अवस्थामा पुगेको हो’ आयोजना स्रोतले भन्यो । अध्यक्ष तिमिल्सीनाले स्वकिय सचिब उद्बीर नेपालीलाई समन्वयको जिम्मा दिएका थिए ।

‘हरेक दिन यसको प्रगतिका बारेमा निरन्तर फलोअप भएकाले टेण्डर हुने अवस्थामा आइपुगेको छ ।’ स्रोतले भन्यो ।सडक कालोपत्रे गर्नका लागि बिस्तृत आयोजना प्रतिबेदन(डिपीआर) स्किृत भैसकेको र राष्ट्रिय पुननिर्माण प्राधिकरणले आयोजना स्विकृत गरेर अर्थमन्त्रालयमा पठाए पनि सडक निर्माणको टेण्डर हुन सकेको थिएन । दुई दुई पटक पुननिर्माण प्राधिकरणले अर्थमन्त्रालयमा सहमति माग्दा पनि वारीबेनी– बाँसखर्क सडक कालोपत्रे गर्ने टेण्डर प्रकृया रोकिएपछि पर्वतबाट निर्वाचित प्रतिनिधी सभा सदस्य पदम गिरीले भदौ २० गते संसदमा बिशेष समय लिएर टेण्डर रोकिएको बिषयमा ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय पूननिर्माण प्राधिकरण भूकम्प आपतकालिन सहायता आयोजनाले उक्त सडक कालोपत्रे गर्ने प्रकृया अगाडी बढाएको थियो । गत बर्ष पनि प्राधिकरणले डिपीआर स्विकृत गरि आयोजना अघि बढाउन अर्थ मन्त्रालय संग सहमति मागेको थियो तर अर्थ मन्त्रालयले स्विकृत नदिएका कारण टेण्डर आब्हान हुन सकेको थिएन । टेण्डर आब्हान भैसकेको र स्विकृत भएपछि माघबाट काम शुरु गर्न सकिने राष्ट्रिय पूननिर्माण प्राधिकरण, आयोजना कार्यान्वयन इकाई पर्वतका प्रमुख जगदिश शर्माले बताए ।

‘अर्थ मन्त्रालयले बजेट सुनिश्चिता गरेपछि टेण्डर आब्हान भएको हो ’ प्राधिकरणले पातीचौर–देउपुर मैदान–लप्सीबोट सडक कालोपत्रे कार्य शुरु भैसकेको छ अहिले बाँसखर्क सम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुबिधा छ तर यहाँ बर्षेनी फल्ने करोडौँका सुन्तला सडककै कारण ढुवानीमा समस्या छ । सडक निर्माण भएपछि यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रर्बद्धन गर्न सबैभन्दा ठुलो भूमिका खेल्ने बिश्वास जलजला वडा नं १ का वडा अध्यक्ष तुलसी रेग्मी बताउँछन