पूर्वाधारको पखाईमा नारच्याङको छहरा (फोटो फिचर)

0

जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको छहरा ओझेलमा परेको छ । नारच्याङको लेकगाउँबाट बेसी गाउँमा झर्ने छहरा झरना पूर्वाधार अभावमा प्रसस्तै आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने छहराको प्रचारप्रसारमा सरकारी निकायको नजरमा परेको छैन् । अन्नपूर्ण, निलगिर हिमालको काखमा अवस्थित झरना आसपासको क्षेत्रमा घुम्न तथा बनभोजस्थल समेत बनेपनि न्यूनमत पूर्वाधारको अभावमा पर्यटकलाई समेत समस्या भएको घुम्न गएका न्यू होराईजन आवासीय माविका सहायक प्रधानध्यापक अर्जुन पौडेलले बताए । ‘यहाँको झरना विदेशी पर्यटकलाई सुन्दर गन्तब्य बन्छ,‘विदेशीले कृतिम झरनाबाटै मनग्य कमाइरहेका छन्’ पौडेलले बेनीअनलाइनलाई भने । उनका अनुसार छहरा फैलिएको क्षेत्र तथा आसपासमा हरियाली बन बनस्पती, जडिबुटी, बन्यजन्तु, पंक्षीले पर्यटकलाई आर्कषित गर्ने बताए ।

शनिबार म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक, कर्मचारीको टोलीले समेत छहराको अवलोकन तथा बनभोज गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप अन्र्तरगत पर्ने छहरा पर्यटकलाई आर्कषित गर्न सकिने प्रसस्तै सम्भावना रहेको छ । छहरा नजिक भुमेथानको मन्दिर छ । बेनी–जोमसोम सडकखण्ड तथा नारच्याङ हुदै अन्नपूर्ण बेसक्याम जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न सकिने गरी ब्यवस्थित पदमार्ग सहितका संरचनाको आवश्यकता रहेको एक्याप नारच्याङ संरक्षण समितिका सदस्य सोमप्रसाद पुनले बताए ।‘छहरालाई पर्यटक भित्राउने माध्यम बनाउन सकिन्छ,‘न्यूनतम पूर्वाधार जुटाउन समेत सकिएको छैन’ पुनले भने । उनले प्रचारप्रसार र पूर्वाधार विस्तारमा एक्याप, अन्नपूर्ण गाउँपालिका लगाएतका पर्यटन क्षेत्रमा आवद्ध संघसंस्थालाई अनुरोध गरिएपनि बेवास्ता भइरहेको बताए ।

छहरा आसपासमा पुगेर तस्वीर लिन सकिन्छ । वडामा धमाधम जलविद्युत कम्पनी भित्रिएपछि म्रिस्त्रीखोला जलविद्युत आयोजनाले सडक विस्तार गरेपछि बेसीगाउँसम्म सवारीसाधनमा पुग्न सकिन्छ । उत्तरी क्षेत्रमा अवस्थित छहरामा यसलाई रुपमा लिने गरिन्छ । छहरा फैलिएको क्षेत्रमा सहासिक जलपर्यटन क्यानोनिङको सम्भावना रहेको छ । बेसीगाउँको सिरानमा अवस्थित छहराको सौन्दर्य मास्न नदिने गरी स्थानीयले क्यानोनिङको सर्वे समेत गरेका छन् । बाह्ै महिना उत्रै र उस्तै देखिने झरनाको संरक्षणमा वडास्तरबाट समेत बजेट विनियोजन गरिने वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले बताए ।

‘पर्यटकीय क्षेत्र भएकाले पनि यहाँका झरनालाई जोगाउनु हाम्रो दाहित्व हो,‘वडास्तरको बजेटबाट मात्रै सम्भव छैन’ फगामीले भने । उनले जलविद्युत र पर्यटनमा प्रचुर सम्भावना रहेको आमागी बर्षको बजेटमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । एक्याप क्षेत्र भित्र पर्ने भएपनि एक्यापले कुनै सहयोग नगरेको स्थानीयको गुनासो छ । छहरा बाह्ै महिना उत्रै र उस्तै देखिने भएकाले पनि साँझ सूर्यको अस्ताउँदो प्रकाश पर्दा सप्तरङ्गी इन्द्रेणी पर्दा मनमोहक देखिन्छ । बेनी जोमसोम सडकखण्ड अन्र्तरगत रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा चमेरे, महभीर, टिमुरे, दोसल्ले लगाएतका झरनाले पर्यटकलाई आर्कषित गर्ने गरेको छ । म्याग्दीका सबै स्थानीय तहका गाउँबस्ती नजिक रहेका झरनाको प्रचारप्रसार हुन सकेको छैन् । तस्वीर सौजन्य अर्जुन पौडेल