गाई काटेको आरोपमा मालिका गाउँपालिका–१ निस्कोट खोस्रीबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी नायब निरिक्षक दुर्गा बहादुर कुँवरको नेतृत्वमा गएको प्रहरीको टोलीले गत मंसिर ४ गते राती अन्दाजी ८ बजे गाई काटिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा निस्कोटका ४६ बर्षिय टेसबहादुर पुन, ३२ बर्षका तस बहादुर दमाई, मालिका –२ रुमका ३६ बर्षिय नरेन्द्र पुन, मालिका–४ ओखरबोट फुलबारीका ४० बर्षिय दिलबहादुर दमाई, मालिका–५ देविस्थानका पदम बहादुर सार्की रहेको प्रनानी कुँवरले बेनीअलाइनलाई बताए ।

उनका अनुसार घटनामा संलग्न जगत पुन फरार छन् । ‘गाई काट्दै गरेको अवस्थामा फेला पा¥यौं,‘यो समुहले विगतमा पनि गाई काट्ने गरेको आशंका छ’ कुँवरले भने । घटनास्थलमा काटिसकेको अवस्थामा भेटिएको गाईको शरीरलाई मुचुल्का गरी स्थानीयको उपस्थितिमा जमिनमा पुरिएको छ । उनका अनुसार छिमेकी ओखरबोटबाट गाई ल्याएर काट्दै बिक्री समेत गर्ने गरेका थिए । निस्कोट, रुम, ओखरबोट र देविस्थानमा बस्नेको संलग्नतालाई गाई काटेर ब्यवसायीक विक्री गर्ने गरेको अनुमान प्रहरीले गरेको छ ।

घटनास्थलबाट प्रहरीले काट्न प्रयोग गरिएको १ थान बन्चरो, खुकुरी र हसिँया, काटेको अवस्थामा फेला परेको गाईको टाउकोलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले फरार र गाई विक्री गर्ने र काट्न सहयोग गर्नेको खोजीकार्य भइरहेको जनाएको छ । मुलुकी अपराध (संहिता)ऐनमा निर्दयी क्रुर व्यवहार गर्न नमिल्ने, बध गरेमा ३ बर्षसम्म जेल सजाय र ५० हजार जरिमाना लगाएतका प्रावधान उल्लेख गरिएका छन् । File photo Google

विज्ञापन