मगर संघ न्यूयोर्क च्याप्टरको अध्यक्षमा भकिम्लीका याम पुन

अमेरिकामा रहेका मगर समुदायको साझा संस्था मगर संघ अमेरिका न्यूर्योक च्याप्टरको अध्यक्षमा बेनी नगरपालिका–३ भकिम्लीका याम पुन निर्बिरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न भएको संघको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा ओमकार बुढामगर, सचिब, तिलक गुर्मछान मगर, कोषाध्यक्ष रोशन थापा मगर, सह–कोषाध्यक्ष हेम पुन मगर,सह–सचिव दीपक रोका मगर रहेका छन् । कार्यसमितिको सदस्यमा राजेश बुढा मगर, विकाश घर्तीमगर, प्रीतम बुढामगर र टेकमिलन पुनमगर रहेका थिए ।

कार्यसमितिको एक सदस्य अर्को बैठकबाट चयन गरिने अध्यक्ष पुनले बताए । कार्यसमितिका अध्यक्ष पुन, सहसचिव रोका, सहकोषाध्यक्ष पुन र कार्यसमिति सदस्य घर्ती म्याग्दीका हुन् । अध्यक्षमा निर्वाचित पुनले आफ्नो कार्यकालमा विभिन्न सामाजिक तथा रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । रोजगारको सिलसिलामा अमेरिका पुगेका पुनले भकिम्लीको जयन्ती माविको भवन निर्माणमा आर्थिक संकलन तथा विभिन्न गाउँमा स्वास्थ्य शिविर सञ्चालन, विपद् ब्यवस्थापन तथा विभिन्न सामाजिक कार्यमा सक्रिय छन् । म्याग्दी समाज न्यूर्योकका सचिव समेत रहेका पुनले विभिन्न सामाजिक संघसंस्थासंग सहकार्य गरिने बताए ।