झण्डै डेढदशक देखि म्याग्दीमा सांगीतिक कर्मथलो बनाएर रक गीतसंगितमा निरन्तर सक्रिय द कालरात्री ब्यान्डले मेला–महोत्सव, चाडपर्वमा आफ्ना समर्थकको तिर्खा मेटाउन लाईभ कन्सर्ट गर्ने गरेको थियो । दैनिकजसो लोकसंगीत, आधुनिक र विभिन्न विधाका गीत सहरदेखी गाउँसम्म गुन्जिने गरेको अवस्थामा सदरमुकाम बेनीमा यूवाहरूले स्थापना गरेको ब्यान्डले कन्सर्ट र मेलामहोत्सवमा स्टेज तताउने गरेको छ । लाईभ कन्सर्टमा चर्चित रक गायकको गीतमा प्रस्तुत हुने गरेको ब्यान्डले यूवापुस्ताको जीवनमा आधारित पहिलो म्यूजिक भिडियो लिएर बजारमा आएको छ ।

म्याग्दीमै ब्यवसायीक रुपमा म्यूजिक भिडियो निर्माता क्रियटिम भिडिया प्रडक्सनसंग सहकार्य गरी ब्यान्डले ‘मा¥यो नी मायाँको चिनोलाई’ नामको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । ब्यान्डका मुख्य सदस्य सन्दिप श्रेष्ठको स्वरमा सजिएको गीत म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर र छिमेकी जिल्ला पर्वतको एतिहाँसिक मल्लाज दरबारमा छायाङ्कन गरिएको छ । मायाँप्रेममा परेका यूवापुस्ताको कथा समेटिएको ब्यान्डका मुख्य सदस्य श्रेष्ठले बताए । ‘म्याग्दीमा रक गीत सुन्ने यूवापुस्तालाई लक्षित छ,‘आफ्नै खर्चमा ब्यान्डलाई अगाडी बढाइरहेका छौ’ श्रेष्ठले भने । उनले म्याग्दी महोत्सव र बेनीबजारमा बडा दशैंको कालरात्री बाहेक होटल तथा ग्रामिण क्षेत्रमा मेलापर्वमा समेत अफर आउने गरेको बताए ।

ब्यान्डमा ड्रमर बिकी विश्वकर्मा, लिड गिटारमा गणेश केसी, ब्यास गिटारमा राजु खान, ब्याक भोकल यूके छन्त्याल र आरुसी पुन र निर्देश थकालीले अभियन गरेका छन् । सन् २००७ मा स्थापना भएको ब्यान्डले गीतसंगीतसंगै रचानात्मक कार्यहरुमा समेत आफ्नो सक्रियता देखाउने जनाएको छ । गीतसंगै अन्य विधामा सक्रिय यूवाहरुलाई समेत समेट्ने गरी योजना बनाइरहेको बताउँदै क्रियटिभ मिडिया प्रोडक्सनका संचालक भुपेन बानियाँले लोक, आधुनिकसंगै पप गीतका पारखीलाई पनि सक्रिय बनाउन बताए । उनले स्लो र क र पप गीतमा म्याग्दीमा स्थापित भई थुप्रै रक कन्सर्टमा प्रस्तुत दिएको कालरात्रीको अर्को गीत बजारमा ल्याउने तयारी भइरहेको बताए । ब्यान्डले लोक रकलाई समेत प्राथमिकता दिएको जनाएको छ ।