मृगौला पीडित सुरेशलाई कोरियाबाट सहयोग

0

दुवै मृगौला खरावी भएपछि उपचार गराइरहेका म्याग्दीका एक यूवालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग भएको छ । मंगला गाउँपालिका–५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि कोरियाबाट ३७ हजार एकसय ८० एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानलाई सहयोग पु¥याउन मंगला गाउँपालिका ४ सोरडाँडा स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत लालप्रसाद रोकाको नेतृत्वमा उक्त रकम संकलन भएको हो ।

संकलित रकम जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत रोकाका आफन्त प्रहरी नायव निरिक्षक मिनवहादुर थापाले सुरेशकी आमा सिता पाईजा र अभियानका सदस्य लाल कुमार रोकालाई हस्तान्तरण गरेका थिए । दुवै मिर्गौला फेल भएका १९ वर्षीय सुरेश हाल अल्का अस्पताल काठमाण्डौंमा उपचारत गराइरहेका छन् । उपचारका लागि ३० देखि ३५ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । आर्थिक अवस्था कमजोर सुरेशका लागि परोपकारी संस्था शान्तिकोषले भदौ ५ गते देखि सञ्चालित सुरेश बचाऊ अभियानमा हाल सम्म करिव २८ लाख रुपियाँ संकलन भएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन संकलन गरी उपचारमा सहयोग गरेका थिए । छन्त्यालको उपचारमा करिव २१ लाख खर्च हुने अनुमान गरिएको छ ।