पर्वत बेनीमा अवस्थित न्यू होराईजन आवासीय मावि १७ औ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउँदै छ । छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिमामा अवस्थित भएपनि म्याग्दी जिल्लाका खेलकुद तथा विभिन्न कार्यक्रमममा सहभागिता जनाउँदै आएको विद्यालयलाई म्याग्दी जेसीजले प्रतियोगितामा सहभागी बनाउने निर्णय गरेपछि खेलमा सहभागि हुन लागेको विद्यालयका सहायक प्रधानध्यापक अर्जुन पौडेलले बेनीअनलाइनलाई बताए ।‘यो एउटा अवसर हो,‘तयारीका साथ खेलमा सहभागिता जनाउँदै छौ’पौडेलले भने ।

उनले म्याग्दी जिल्लाको सदरमुकाम बेनी बाहेक ग्रामिण क्षेत्रमा हुने खेलकुद सहित अन्य रचनात्मक कार्यमा समेत सहभागिता जनाउने गरेको बताए । उनले भौगोलिक रुपमा पर्वत जिल्लामा रहेपनि विद्यार्थी, शिक्षकका साथै लगानीकर्तामा म्याग्दीका समेत भएकाले पनि सहभागिता गराउने निर्णयले भविस्यमा समेत सहज हुने बताए ।विद्यालयले आयोजना गर्ने खेलकुद सहित शैक्षिक प्रतियोगितामा बेनीका सामुदायिक तथा निजी विद्यालयले सहभागी हुने गरेक छन् । यसैबीच दोस्रो दिन प्रकाश माविसंग होराईजनले खेल्दै छ । विद्यालयले केहीदिन अगाडी बेनी नगरपालिका २ खवराकी साधना घिमिरेलाई कक्षा १२ सम्म निशुल्क तथा बेनपा ९ काउलेगौडाकी जेनिशा पुरीलाई निशुल्क ११ र १२ को सुविधा दिएको छ । विद्यालयमा ५ सय विद्यार्थी अध्ययरत छन् ।