म्याग्दी जेसीजले भन्यो,‘अब खादा र ब्याजको प्रयोग हुदैन’

0

म्याग्दी जेसीजले आफ्ना सम्पूर्ण कार्यक्रममा पोलिष्टर लगाएत स्थानीयस्तरमा निर्मित खादा र अतिथिलाई लगाउन ब्याजको प्रयोग नगर्ने घोषण गरेको छ । १७ औ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी भएका प्रमुख अतिथि तथा अतिथिको उपस्थितीमा अध्यक्ष कमल विश्वकर्माले सम्मान र स्वागतमा लगाइने खादा र ब्याजलाई निरुत्साहित गदैं खादा र ब्याजको ठाउँमा फूल दिएर स्वागत गर्ने घोषणा गरेका हुन् । ‘खादा र ब्याजको ठाउँमा बगैजामा फुलेका फुल प्रयोग गछौ,‘यसमा हुने खर्चले संस्थागत गतिविधिमा प्रयोग गरिन्छ’ विश्वकर्माले बेनीअनलाइनलाई भने ।

उनले खादा र ब्याज प्रयोगपछि उचित ब्यवस्थापन हुन नसक्ने र खादाकै खरिदमा हुने खर्चले धेरै काम गर्न सकिने बताउँदै आफ्नो कार्यकालमा प्रयोगमा निरुत्साहित गरिएको बताए । पोलिष्टरको खादा सहजै बजारमा पाईने भएकाले पनि सार्वजनिक तथा निजी कार्यक्रममा अत्याधिक प्रयोग हुदाँ वातावरण प्रदुषण हुने गरेको बताउँदै जेसीजले बेनीबजारबाट अभियानकै रुपमा सुरु गर्ने समेत बताए । उनले खादा प्रयोग गर्दा स्थानीयस्तरबाटै आर्थिक बाहिरिने र सस्तो मुल्यमा लिएर बिक्री गर्ने गरेको बताउँदै अन्य संघसंस्थाका कार्यक्रममा समेत सहभागिता जनाउँदा जेसीजका प्रतिनिधिले ‘खादा नलगाउने बताए ।

‘समान्य घरायसी कार्यक्रममा समेत प्रयोग हुन्छ,’खादा, ब्याज प्रयोग गर्ने संकस्तिलाई तोड्नुपर्छ‘ अध्यक्ष विश्वकर्माले भने । उनले खादाको प्रयोग एकचोटी मात्रै हुने र त्यसपछि अर्को पटक सोही खादा प्रयोगमा नआउने भएकाले फोहोरमा फाल्दा नकुहिने भएकाले पनि बेनीबजारका चोक तथा फोहोर विर्सजन गर्ने क्षेत्रमा खादा यत्रतत्र भेटिने गरेको तर्क समेत म्याग्दी जेसीजका पदाधिकारीको छ । म्याग्दी जेसीजका महासचिव विरेन्द्र श्रेष्ठले बेनीबजारमा फूल पाइने भएकाले पनि आवश्यक परेमा अतिथिलाई फूलकै मालाले स्वागत तथा सम्मान गरिने बताए । म्याग्दी जेसीजले वातावरण प्रदुशनलाई नियन्त्रण गर्न तथा विदेशी खादालाई प्रयोग नगर्ने निर्णयको कार्यक्रमका सोमबार र मंगलबार भएको कार्यक्रममा सहभागि अतिथिीले स्वागत समेत गरेका छन् ।