अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनले उच्च शिक्षाका लागी ५० हजार सहयोग

0
443

आर्थिक अभावका कारण उच्च शिक्षाका लागि भौतारिरहेका एक विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले थप सहयोग गरेका छन् । अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर उच्च शिक्षाका लागि पोखरा पुगेका काजल रोकालाई भर्ना सहित आवश्यक शुल्कका लागि ५० हजार सहयोग गरिसकेका अध्यक्ष पुनले थप ५० हजार हस्तान्तरण गरेका छन् । पोखराको गण्डकी कलेजमा अध्ययरत रोकाको शैक्षिक तथा कलेज प्रशासनसंग समेत नियमित कुराकानी गर्ने गरेका अध्यक्ष पुनले कलेजमै पुगेर सहयोग हस्तान्तरण गरेको उनका स्वकिय सचिव सुरेन गर्बुजाले बताए ।

‘रोकालाई कुनै समस्या छैन्,‘नियमित भेटघाट समेत गर्नुहुन्छ,‘आफ्ना सहकर्मीबाट समेत थप सहयोग माग्दै आउनुभएको छ’ उनले भने ।पारिवारिक तथा गाउँपालिकाका कार्यक्रममा पोखरामा पुगेको बेलामा अध्यक्ष पुनले शैक्षिक गतिविधिका बारेमा बुझ्ने गरेका छन् । ‘शैक्षिक गतिविधिमा आर्थिक समस्याले कुनै असर गर्ने छैन्,‘शिक्षाबाट बन्चित भएकालाई ब्यक्तिगत रुपमा पनि सहयोग गर्नेछु’ अध्यक्ष पुनले भने । उनले गाउँपालिकाले शिक्षाको क्षेत्रमा प्राथमिकता दिएको बताए । उनले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम, टेलिटिचिङ सहित विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन योजनाबद्ध तरिकाले अगाडी बढाइरहेको अवस्थामा एसईई दिएर गएका विद्यार्थीलाई समेत सहयोग गर्ने बताए ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष पुनले निर्वाचित भएपछि सरकारी सेवासुविधालाई सामुदायिक विदालयलाई सहयोग गरेका छन् । उनले एकरुपैयाँ पनि सरकारी सुविधा प्रयोग गरेका छैनन् । तलब, बैठक तथा अनुगमन लगाएत नेपाल सरकारले उपलब्ध गराउने भत्ता सुविधालाई गरिमा विकास बैंकको शाखामा खाता खोलेर जम्मा गरेका छन् । तलब लगाएतका सुविधालाई गाउँपालिका भित्रै खर्च गर्ने गरेका अध्यक्ष पुनले उच्च शिक्षाका लागि ब्यक्तिगत सहयोग गरेका हुन् । यसैबीच अध्यक्ष पुनकै पहलमा मालिका गाउँपालिका ५ देविस्थान स्थायी घरभएका समाजसेवी क्याप्टेन जीतबहादुर घर्तीले समेत विद्यार्थी रोकालाई ५० हजार सहयोग गरेका छन् ।