खुट्टाको नशामा समस्या देखिएपछि म्याग्दीकी एक महिलाले उपचारमा सहयोगको याचना गरेकी छन् । बेनी नगरपालिका १ सालघारी, रत्नेचौरकी पार्वती सार्कीले अस्पतालको शैयाबाट उपचारमा सहयोग मागेकी छन् । गाउँकै अति विपन्न सार्कीको को तीनमहिना अगाडी आन्द्रामा क्यान्सर भएपछि आर्थिक सहयोग र ऋण खोजी उपचार गरिएपनि बायाँ खुट्टाको नशामा समस्या देखिएपछि उपचारमा समस्या भएको उनका छोरा विदुर किसानले बताए ।

‘उपचारमै समस्या देखियो, सहयोगका लागि अपिल गरेका छौ’ किसानले बेनीअनलाइनलाई भने । आर्थिक समस्याका बारेमा जानकारी गराएपछि रत्नेचौर अर्जमका आशिष परियारले सहयोग अभियान सञ्चालन गरेका छन् । सोही अवसरमा मंगला गाउँपालिका ७ अर्मन छिस्वाङका तारा क्षेत्रीले २ हजार सहयोग गरेका छन् ।
थप जानकारी
छोराहरु स् बिदुर किसान ( ९८४७६५१८२७
कृष्ण किसान ( ९८४७७५२१७८