गुँरास लाईफद्धारा बीमित मृत्यु दावीवापतको १४ लाख रूपैयाँ हस्तान्तरण

0

गुँरासलाई इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमित पक्ष प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ हस्तान्तरण गरेकाे छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत गरिएकाे बीमा दावीमा उक्त भुक्तानी गरिएकाे कम्पनीले जनाएकाे छ । वैदेशिक रोजगारको क्रममा तनहुँ चोक चिसोपानी (हाल :भानु नगरपालीका वडा नं.१०) निवासी बीमित विष्णुबाबु तिवारीको दुर्घटनामा परि ओमानमा मृत्यु भएको थियो ।मृत्युपश्चात दावी भुक्तानी वापतको रकम कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले बीमितको श्रीमती प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ हस्तान्तरण गरेका छन् ।