पर्वतका एक युवाको घाँटीमा मासु अड्किएर मृत्यु

0
Corpse

पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीका एक व्यक्तिको घाँटीमा मासु अड्कीएर ज्यान गएको छ ।स्थानीय ४१ वर्षिय कर्णबहादुर नेपालीको मंगलवार राती मृत्यु भएको हो । मंगलवार राती साढे ८ बजे खाना खाने क्रममा मासुको चोक्टा अड्किए पछि उपचारका लागि पर्वत जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिएका छन् ।

उनका अनुसार बेलुकाको खानासँग भैसीको मासु खाने क्रममा अचानक अड्किएको हो । उपचारका क्रममा जिल्ला अस्पतालमा पु¥याउँदा अस्पतालले मृत्यु भएको घोषण गरेको थियो । मृतक नेपाली जिल्ला अदालत पर्वतमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका थिए । उनी मंगलवार साँझ परिवार भेट्न कुश्माबाट घर गएको पनि प्रहरीले जनाएको छ ।