तिम्त्याहा शिशुको उपचारमा आर्थिक सहयोग

0

धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि दरबाङमा आर्थिक सहयोग संकलन गरेको छ । क्लवले आमा र बच्चाको उपचारमा दरबाङ बजार क्षेत्रबाट २४ हजार ७३० रुपैयाँ संकलन गरी हस्तान्तरण गरेको क्mलवका अध्यक्ष एवम् मालिका गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सन्तनाथ जैशी सन्तोषले बताए । उनका अनुसार आर्थिक सहयोग जुटाउने अभियानलाई आवश्यकता अनुसरा भविस्यमा पनि सञ्चालन गर्न सकिने बताए । लायन्स क्लव अफ दरबाङ, उद्योग वाणिज्य संघ इकाई, रेडक्रस सोसाईटीको पहलमा संकलन गरिएको जनप्रिय मावि दरवाङका प्रधानध्यापक दिवाकर सुबेदीले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएकै कारण उपचार र खानपिनमा समस्या भएको जानकारी पाएलगत्तै सहयोगको अपिल गरिएको थियो ।

परियारले सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी थिईन् । परियारको स्वास्थ्य अवस्था सामान्य रहे पनि अति सघनकक्षमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक समस्या भएको उहााका श्रीमान् राजु परियारले बताए । उनका अनुसार जन्मिएका एउटा छोराको तौल साढे तीन किलो, अर्को छोरोको तौल साढे दुई किलो तथा अर्की छोरीको तौल ८०० ग्राम रहेको छ । यसअगाडी सोमबार ताकमको टोल सुधार समितिले हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरी ६० हजार जुटाएको समितिका अध्यक्ष राम्जी मल्लले बताए । उनका अनुसार उपचार र सुत्केरी अवस्थामा आवश्यक पर्ने खर्च, लत्ताकपडा लगाएतमा थप सहयोग आवश्यकता परेको बताए ।