सदरमुकाम बेनीमा अवस्थित एक सामुदायिक विद्यालयमा विभिन्न जिल्लाबाट शैक्षिक प्रगतिको सिको गर्न आउनेका भीड लाग्ने गरेको छ ।नेपालमै सामुदायिक विद्यालयमा सर्वोउत्कृष्ट घोषित भइसकेको बेनी सामुदायिक माविमो लोभलाग्दो शैक्षिक प्रगतिको सिको गर्न सिंगो गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानध्यापक लिएर जनप्रतिनिधि नै आएका हुन् । नमुना सामुदायिक विद्यालय, उत्कृष्ट ब्यवस्थापन, प्रयाप्त भौतिक पूर्वाधार, लोभलाग्दो शैक्षिक प्रगतिलाई आफ्नो गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा प्रयोग गर्न पाल्पाको रिद्धिकोट गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालको नेतृत्वमा ३ वडा अध्यक्ष, शिक्षा समितिका संयोजक, ४६ जना प्रधानध्यापक सहितको टोलीले बुधबार विद्यालयको अवलोकन गरेको छ ।

विद्यार्थीको संख्या न्यून भएर गाभिने अवस्थामा पुगेको अवस्थामा अभिभावकलाई निजी विद्यालय छोडेर सामुदायिकलाई रोज्ने बनाउन आवश्यक शैक्षिक तथा भौतिक पूर्वाधारका बारेमा जानकारी लिन प्रअ सहित भ्रमणमा आएको उपाध्यक्ष खनालले बताईन् । ‘प्रवेशद्धारबाटै उहाँहरुले सिस्टममा लैजानुभएको छ,‘एउटा विद्यालय बनाउन सबैको सक्रियता भए सकिन्छ भन्ने सन्देश लिएर फर्कियौं‘ खनालले भनिन् । भ्रमणको क्रममा विद्यालयको प्रवेशद्धारमा रहेका सुरक्षागार्ड देखि कक्षाकोठा, शिक्षक, कर्मचारी बीचको एकता लगाएत शैक्षिक गुणस्तर बढाउन गरिएका प्रयासका बारेमा जानकारी लिएका थिए ।
टोलीलाई विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले अभिभावकको सक्रियता, विद्यार्थीको शैक्षिक प्रगति लगाएत उत्कृष्ट अभ्यासका बारेमा जानकारी गराएका थिए।

पाल्पाबाट टोलीमा सहभागि प्रअको टोलीले शिक्षक र कर्मचारीसंगै अभिभावकले दैनिक कार्यतालिका गराएर अनुगमन गर्ने कार्यलाई प्रयोगमा ल्याउनुपर्ने बताएका थिए । ‘अभिभावकको सक्रियताले पनि शैक्षिक गतिविधिमा सघाउँछ,‘नियमित गतिविधिका बारेमा क्यालेन्टरमै समावेश गरेको देखियो’शिक्षा अधिकृत विष्णुप्रसाद बेलबासेले भने ।उनले देशभरकै सामुदायिक विद्यालयमा बेनी सामुदायिकले गरेको प्रगतिलाई सजिलै प्रयोगमा ल्याउन सकिने बताए । गाउँपालिकाका आभारभुत तथा माविस्तरका विद्यालयका प्रअ सहितको टोलीले फर्किएलगत्तै कार्ययोजना बनाएर नयाँ गतिविधिलाई प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म ९७ विद्यालयले भम्रण गरेको अभिलेखमा उल्लेख भएपनि विभिन्न जिल्लाबाट १ सय ५ विद्यालयले भ्रमण गरेको जनाइएको छ । शैक्षिक अवलोकनमा आएकालाई चालु बर्षको एसएसलीको श्रेणीगत नतिजा, तिनबर्ष भित्रको एसएलसी उत्र्तिणा प्रतिशत, विद्यालय स्तरिकरण (भौतिक पुर्वाधार, मानविय स्रोत), कक्षा ९ मा भर्ना भएका विद्यार्थीको संख्या, एसइईमा उत्र्तिणा संख्या र चालु एसएलसी उत्र्तिणा प्रतिशतका बारेमा समेत प्रस्तुती गर्ने गरिएको ब्यवस्थापन समितिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।

जिल्लामा रहेका सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट र निजी विद्यालयसंग समेत प्रतिस्पर्धा गरी विगतका एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयभित्र शिक्षक र कर्मचारी जागिरे मानसिकताबाट मुक्त हुने गरेका छन् । विद्यालयको शैक्षिक प्रगतिका लागि अभिभावकाको सक्रियता समेत महत्वपूर्ण हुने भएकाले कक्षा ४ देखी १० कक्षासम्म कक्षागत अभिभावक समिति समेत बनाइएको छ । २०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो।२०६३ साल देखी माध्यामिक तहको परिक्षामा सहभागिता जनाएको विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।आधारभुत तह देखी माविसम्म ९ सय विद्यार्थी अध्ययरत छन् । नयाँ शैक्षिक भर्ना अभियानमा विद्यालयमा भर्ना हुने विद्यार्थीले प्रवेश परिक्षामा उत्र्तिणा गर्नुपर्छ । परिक्षामा सहभागी भएका मध्ये क्षमता अनु्सार करिव ५० देखी ६० प्रतिशतले मात्रै अवसर पाउँछन् । विद्यालयको औसत उत्तिणा ९८.४७ प्रतिशत रहेको छ । विद्यालयमा गण्डकी प्रदेश बाहेक अन्य जिल्लाबाट समेत आउने गरेका छन् ।