नेकपाको गण्डकी प्रदेश कमिटीमा म्याग्दीका को–को परे ?

0
532

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गण्डकी प्रदेश कमिटीका सदस्यहरुको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । पूर्व एमाले र माओवादी बीच पार्टी एकिकरणपछिको कमिटीमा नेकपामा जिल्ला संयन्त्र, मन्त्री तथा सांसद सहित दुवै पार्टीका माथिल्लो तहका नेताहरु परेका छन्।

प्रदेश कमिटीमा नेकपा एमालेको तर्फबाट ५ जना र माओवादीबाट ३ जनाका रहका छन् । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, पुर्व सांसद नवराज शर्मा, जिल्ला संयन्त्रका संयोजक हरिकृष्ण श्रेष्ठ, अञ्चल समन्वय सदस्य खुमबहादुर बानियाँ र मुना बानियाँ रहेका छन् । त्यसैगरी साविक एकिकृत माओवादीको तर्फबाट प्रदेश सांसद विनोद केसी, नेकपाका जिल्ला संयन्त्र संयोजक गोविन्द पौडेल र समानुपातिक तर्फका उम्मेदवार समेत रहेका टेक बहादुर विक छन् ।

साविकको एमाले र माओवादीका केही जिल्लास्तरका नेताहरुका चर्चा चलेपनि प्रदेश कमिटीमा नाम देखिएन् । दुवै पार्टीका जिल्ला प्रमुख संयोजक तोकिएर पार्टीको गतिविधि सञ्चालन भइरहेको अवस्थामा पार्टीको कार्यान्वयन नभएको तर चर्चामा रहेको एक ब्यक्ति एक पद कार्यान्वयनमा आए नेकपाले जिल्लाको नेतृत्वमा नयाँ अनुहार पाउने छ ।