जेसीज कप फुटबलः क्वाटरफाइनलका खेल सकिए

0
434

सदरमुकाम बेनीमा जारी १७ औ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगितामा बिहिबार क्वाटरफाइनलका खेल सकिएका छन् । प्रतियोगितामा गतबर्षको डिफेन्डिङ च्याम्पियन न्यू वेस्ट पोइन्ट आवासीय माविले बेनी सामुदायिक माविलाई १ का विरुद्ध ३ गोल प्रहार गदैं अपराजित यात्रा कायम राखेको छ ।

निरन्तर अभ्यास, अनुभवी तथा राष्ट्रियस्त्रका खेलमा सहभागि हुने खेलाडीको समुहबाट समेत जिल्लास्तरका खेलमा सहभागी खेलाडी समेत रहेको वेस्ट पोइन्टका लगातार दवावमा राखेका थिए ।प्रतियोगिताको दोस्रो खेलमा गतबर्षको उपबिजेता माउण्ट एभरेष्ट आवासीय माविलाई २ का विरुद्ध ३ गोल प्रहार गदैै दरबाङको केवी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन् ।त्यस्तै तेस्रो खेलमा धौलागिरी मावि सिंगाले लिटल गार्डेन एकेडेमीलाई ७ गोल प्रहार गरेको छ ।

प्रतियोगितामा लगातार दवावमा राखेका धौलागिरीका खेलाडीले लगातार गोल प्रहार गदैं खेल अवधिभर आफ्ना दवाव दिएका थिए ।त्यसैगरी अन्तिम खेलमा बेनी आवासीय माविले प्रकाश माविलाई २ का विरुद्ध ३ गोल प्रहार गरेको थियो ।पहिलो हाफमा दुई गोलले अग्रता लिएको प्रकाश माविका खेलाडी दोस्रो हाफमा समालिन सकेनन् ।

देस्रो हाफमा बेनी आवासीयका खेलाडीले दुई गोल गदैं अग्रता लिएसंगै सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतियोगितामा पहिलोपटक सदरम्ुकाम बाहिरका विद्यालय सेमिफाइनलमा पुगेका छन् । बेनी आवासीय, वेस्ट पोइन्ट बेनीका हुन भने केवी र धौलागिरी सदरमुकाम बाहिरबाट सहभागिता जनाएका थिए ।शुक्रबार सम्पन्न हुने सेमिफाइनलमा वेस् पोइन्ट र धौलागिरी मावि, बेनी आवासीय र केवी एकेडेमी बीच हुने म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले बताए ।

प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफी, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कार रहेको छ । आगामी मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिमलाई पाँच हजार पाँच सय र प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।