बागलुङ उवासंघमा घम्साघम्सी– पौडेल र राजभण्डारीमा कस्ले मार्ने हुन् बाजी ?

0
240

बागलुङ उद्योग वाणिज्य संघको आगमी नेतृत्वको लागि दुई प्यानलबिच घम्साघम्सी हुने भएको छ ।यहि मंसिर २१ र २२ गते हुने १७ औं महाधिवेशनको लागि आज भएको दुई प्यानलको मनोनयले उवासंघ बागलुङको आगामी नेतृत्व कस्ले हात पार्छ भन्ने एकिन हुन सकेको छैन ।संघको १७ औं महाधिवेशनमा वर्तमान कार्यसमितिका महासचिव दयाराम पौडेल र वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले छुट्टाछुट्टै प्यानल तयारी गरी मनोनयन दर्ता गराएका हुन् ।

बामपन्थी व्यवसायीको तर्फबाट उमेदवार दयाराम पौडेलको नेतृत्वमा अर्को प्यानल दर्ता भएको छ भने युवराज राजभण्डारी सहित राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र राप्रपाको समर्थनमा अर्को प्यानल तयारी गरी मनोनय दर्ता भएको छ ।पौडेलले आफ्नो प्यानलको नाम साझा व्यवसायिक प्यानल भनेर घोषणा गरेका छन् भने राजभण्डारीले प्यानलको नाम घोषणा गरेका छैनन ।पौडेलको प्यानलबाट उद्योग सदस्यतर्फ हेम बहादुर खत्री र सन्दिप खड्काले उम्मेदवारी दिनुभएकोछभने राजभण्डारीको प्यानलबाट ऋषिराम गौतम र राजन कुमार शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै महिला सदस्यमा पौडेल प्यानलबाट शर्मिला खड्का र यमकला राना तथा राजभण्डारी प्यानलबाट सितादेवी सापकोटा कंडेल र अर्चना पालिखेले उम्मेदवारी दर्ता गराएका छन् । १४ जना खुल्ला सदस्य पदको लागि पौडेल प्यानलबाट प्रचण्ड राजभण्डारी, राजकुमार श्रेष्ठ, संजयकुमार श्रेष्ठ, बद्री ढुंगाना, अनिस खाती, अजय श्रेष्ठ, राजु खड्का, रामराज गुरुङ, अर्जुन चोखाल, कृष्ण बहादुर कार्की, लोक बहादुर केसी, हरिप्रसाद आचार्य, पुनम प्रसाद शर्मा, लक्ष्मण शर्माले उम्मेदवारी दिएका छन् ।

राजभण्डारी प्यालनबाट नरेश कंडेल, विदेशकुमार श्रेष्ठ, उमाकान्त शर्मा ‘बाबु’, दिपक हमाल, शशिकपुर श्रेष्ठ, छविलाल सुवेदी, नविन कुमार श्रेष्ठ, ईन्द्रमणि पौडेल, निलेश राजभण्डारी, गणेशराज लम्साल, श्रीजय श्रेष्ठ, महेन्द्रप्रसाद शर्मा, थानेश्वर सुवेदी र सहविन अर्गेजा मगरले उम्मेदवारी दर्ता गराएका हुन् ।महाधिवेशनमा अध्यक्ष सहित २ उद्योग सदस्य, २ महिला सदस्य र १४ जना खुल्ला सदस्य पदमा निर्वाचन हुनेछ । http://www.nayabishwo.com