=cGgk"0f{ lxdfnsf] dgf]/~hg lnFb} ko{6s sf:sL lhNnfl:yt cGgk"0f{ cfwf/ lzlj/af6 cGgk"0f{ lxdfnsf] dgf]/~hg lnFb} ko{6s . tl:a/M gjLg kf}8]n, /f;;

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण पहिलो हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण भएको छ ।आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि जाने पर्यटक, पर्यटक मजदुर र पदयात्रीलाई सुरक्षित बसोबासको सुविधा उपलब्ध गराउन नारच्याङका बासिन्दाले आश्रयस्थल निर्माण गरेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आर्थिक सहयोग र स्थानीयवासीको श्रमदान गरी रु १२ लाखको लागतमा आश्रयस्थल निर्माण गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो ।

समुन्द्री सतहदेखि चार हजार ११० मिटरको उचाइमा अवस्थित आधार शिविरमा ३० मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको विश्रामस्थलमा एक पटकमा करीब ६० जनाले आश्रय लिनसक्ने अध्यक्ष गुरुङले बताउनुभयो । चार वर्ष लगाएर नारच्याङदेखि अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण गरेका स्थानीयवासीले पदमार्गमा पर्ने विभिन्न स्थानमा झोलुङ्गे पुल, आश्रयस्थल निर्माण र प्रचारप्रसारमा जोड दिएका छन् ।

हाल नारच्याङदेखि दुई दिन पैदल हिँडेर पुगिने आधार शिविर नजीकै निलगिरिखोला जलविद्युत् आयोजनाले निर्माण गरिरहेको सडक पुगेमा यात्रा अवधि र दूरी अझै छोटिने स्थानीयवासी मनबहादुर पुर्जाले बताउनुभयो ।पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलिकप्टरबाट जानुपर्ने समस्या हटेको छ । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो पदमार्ग भएको अध्यक्ष गुरुङले बताउनुभयो । सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो । अग्ला पहाड हुँदै झर्ने झरना, जङ्गली जनावर, चराचुरुङ्गी, वनस्पती, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो ।