शिख माविको ६४ औं बार्षिकत्सव मनाइयो

0

विविध कार्यक्रमका बीच मनाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा अवस्थित विद्यालयको बार्षिकत्सवको अवसरमा बोल्ने बक्ताले सरकारी बजेट विना स्थानीयको सक्रियतामा विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विस्तारमा करोडौं सहयोग जुटेको बताएका थिए ।

बार्षिकउत्सवको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले शिक्षित समुदायबाटै समृद्ध गाउँपालिका बनाउन सकिने बताउँदै गाउँपालिकाले शिक्षाको क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताए । ‘मैले जिल्ला बाहिर गएर पढ्न नसक्ने अवस्थाका विद्यार्थीलाई पनि सहयोग गरेको छु,‘समुदायको पहलमै अगाडी बढेका विद्यालयलाई भविस्यमा पनि सहयोग गर्नेछु’ अध्यक्ष पुनले भने । उनले गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन टेलिटिचिङ सहितको पाठ्यक्रममा समेत निरन्तर सहयोग गर्ने बताए ।

सोही अवसरमा अध्यक्ष पुनले सरकारले उपलब्ध गराएको सरकारी सेवासुविधालाई गाउँपालिका भित्र रहेका १० वटा समुदायिक विद्यालयबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने छात्रा र छात्र विद्यार्थीलाई प्रति विद्यार्थी ५० हजार नगद सहयोग गर्ने घोषणा समेत गरेका थिए । सोही अवसरमा शिख स्वात स्थायी घरभई हाल शिख्तानीस् समाजका अध्यक्ष समाजसेवी क्याप्टेन बल बहादुर तिलिजा पुनको संयोजकत्व, ब्यवस्थापन समितिका अध्यक्ष मीन बहादुर बुदुजा, प्राचायृ केदार कार्की, सदस्य चन्द्रा गर्बुजाको समितिले हालसम्म ३ लाख ९६७५ आर्थिक सहयोग संकलन गरेको जानकारी गराउँदै सोही अवसरमा सहयोगदातालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार पुन, पूर्व ब्यवस्थापन समिति अध्यक्ष बागविर पाईजा, निर्वतमान प्रअ जगदिश आचार्य, चन्दादाता केश गौचन लगाएत वडा सदस्य, छिमेकी विद्यालयका प्रअ लगाएत विभिन्न संघसंस्थाका प्रतिििनधिको समेत सहभागीता रहेको थियो । सोही अवसरमा सांस्कृतिक कार्यक्रम तथा विविध खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । बि .श २०११ सालमा स्थापना भएको विद्यालयलको भौतिक पूर्वाधार सहित भावी योजनाका बारेमा समेत जानकारी गराइएको थियो । सुरेन गुरूङ