निर्मला पन्तको हत्याराको खोजीमा नेत्रबिक्रम चन्द ’विप्लव‘ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी सडकमा निस्किएको छ । पन्तको हत्या भइको महिनौं वितिसक्दा समेत सरकारले हत्यारालाई संरक्षण गरेको बताउँदै आन्दोलित भएको नेकपाले सदरमुकाम बेनीमा विरोध सभा गरेको छ ।

 

सभालाई सम्बोधन गदैं म्याग्दी इन्र्जाज गमबहादुर श्रीषले हत्यामा संलग्नलाई जनताको माझमा सार्वजनिक गर्ने गरी देशभरी आन्दोलन सुरू भएको बताए । काठमाण्डौमा सम्पन्न आमसभामा घोषणा संगै पार्टीको एउटा टोली कञ्चनपुर तथा हत्यामा संलग्नको खोजीका लागी परिचालन भइसकेको अवस्थामा केही नतिजा छिट्टै आउने इर्चाज श्रीषको दावी थियो ।

पन्तको हत्यारालाई कारवाहीको माग गर्दा देशभर सरकारले दमन गरेको बताउँदै नेकपाका कार्यकर्ताले गृहमन्त्री रामबहादुर थापाको राजिनामा समेत मागेका थिए । पूर्व सांसद समेत रहेका श्रीषले पन्तको हत्यामा संलग्नको खोजीकार्यमा पार्टीले टोली परिचालन गरेको बताए ।

विरोधसभामा जनयूद्धमा जस्तै अन्य राजनीतिक दलमा विचार राख्ने पार्टीमा आवद्ध नेताकार्यकर्ता पार्टीको दुस्मनको नजरले नहेर्ने बताए ।सभामा जिल्ला सेक्रेटरी बाबुलाल शाक्यले गाउँघरमा छोरीचेलीले पन्तको हत्यारालाई कारवाही नहुदाँ असुरक्षित महसुस गरेको बताए ।गत साउन १० गते साथीको घर गएकी निर्मलाको ११ गते उखुबारीमा बलातकारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । उनको हत्यामा संलग्नलाई कारवाहीको माग गदैं प्रतिपक्ष नेपाली कांग्रेस सहितका पार्टी सहित स्वतन्त्र यूवाहरुले समेत आन्दोलनमा सहभागिता जनाएका छन् ।