विवादास्पद युनिफिकेशन चर्चकी धर्मगुरु तथा स्वघाेषित ‘जिससकी छाेरी’ डा हाक जा हान मुनबाट प्रधानमन्त्री केपी शर्मा अाेलीले १ लाख डलरकाे अवार्ड थापेको भन्दै बिरोध सुरु भएको छ ।
राष्ट्रिय स्वाभिमान नै बन्धकीमा राखेर एउटा धर्म प्रचारक गैरसरकारी संस्थाकाे शरणमा लम्पसार परेकाे उनकै पार्टीभित्र र बाहिरबाट आलोचना भएको हो ।
यसै क्रममा पूर्व प्रधानमन्त्री एवम नयाँशक्ती पार्टिका संयोजक बाबुराम भट्टरार्इले आफ्नो खस्कँदै गएको लोकप्रियता र छवि सुधार्न ‘ईश्वर’का छोरीबाट आशीर्वाद थाप्न र पोलपोलमा आफ्नै फोटो नझुण्ड्याउन आग्रह गरेका छन ।
यसको सट्टा बरु प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी-हत्यारा छिटो सार्वजनिक गर्न उनले सुझाव दिएका छन्।
भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्;
प्रमलाई सानो सुझाव-आफ्नो खस्कदै गएको लोकप्रियता र छवी सुधार्न ‘ईश्वर’का छोरीबाट आशिर्वाद,पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी-हत्यारा छिटो सार्वजनिक गर्नोस् न! प्रमाण मेटाउनेलाई दुइ घण्टा केरकार गरे अरू झन्झटै पर्दैन!
यसैगरी विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले प्रधानमन्त्रीले थापेकाे अवार्ड सम्मान नभर्इ अपमान रहेकाे बताएका छन् । उनले प्रश्न गरेका छन्- ‘तपाईं हामी सबैको प्रधानमन्त्री, जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने ? धर्म प्रचारकले दिएको पुरस्कार थाप्ने ?’