बोल्न र सिक्न गाहे मानिने कोरियन भाषालाई सजिलो बनाउन हाजिरजवाफ प्रतियोगिताको गरिएको छ । रोजगारीका लागि आर्कषक गन्तब्य मानिएको दक्षिण कोरियामा जाने यूवाहरुलाई लक्षित गरी अन्तरक्रिया तथ हाजिरजवाफ प्रतियोगिता गरिएको हो ।

म्याग्दीको सदरमुकाम बेनी बजारमामा सञ्चालनमा रहेको अर्जुन सरको कोरियान भाषा सेन्टरमा अध्ययरत विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको प्रतियोगितामा तिलकुमारी किसान, बिशाल पुन, पदम नेपाली र देविना पुन प्रथम,मेजन बोहोरा, अर्जुन बोहोरा, सिर्जना भण्डारी, सन्तोेष खत्री द्धितिय भएका थिए । प्रथम, द्धितिय हुनेलाई क्रमश ४, २ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।

सोही अवसरमा रोजगारी अनुमति प्रणाली (ईपीएस)मा ५ बर्ष दक्षिण कोरियामा विताएर आएका दिनेश कार्की र सञ्चाल अर्जुन भण्डारीले निर्णायको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितासंगै विद्यार्थी बीचको सिकाईलाई आदानप्रदान गर्ने उदेश्यले बनभोज कार्यक्रम समेत सञ्चालन गरिएको छ । ‘भाषा सिकाई र बोलाईमा पर्ने कठिनाईलाई प्रतियोगिताले सहज भएको छ,‘रोजगारीमा जाने बेलामा त्यहाँ सहज हुने गरी बेलाबेलामा प्रतियोगिता गर्ने गरेका छौ’ सञ्चालक भण्डारीले भने ।

उनका अनुसार विश्वमा सबैभन्दा कठिन मानिएको चौथो बर्गको भाषामा कोरियन समेत समावेश गरिएको बताउँदै सजिलो माध्यमबाट सिकाउने गरी नियमित छलफल, अन्तरक्रिया तथा विविध कार्यक्रमहरु गर्ने गरिएको बताए । उनले कोरियाबाट फर्किएका यूवाहरुलाई समेत आफ्नो अनुभव आदानप्रदान सहित विविध कार्यक्रमलाई समेत प्राथमिकता दिएको बताए ।
प्रतियोगितामा ४१ जना विद्यार्थीको ११ टिम सहभागि रहेका थिए । म्याग्दीबाट रोजगारीको लागी ईपीएस मार्फत बर्षेनी सयौं यूवा कोरिया जाने गरेका छन् ।