राष्ट्रिय आविष्कार केन्द्रलाई हङकङ नेपाली ब्यापार संघले ४० लाख हस्तान्तरण गरेको छ । सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा संघका अध्यक्ष तेजप्रकाश पुन र गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा.उपेन्द्र महतोले संयुक्त रुपमा केन्द्रका अध्यक्ष महावीर पुनलाई चेक हस्तान्तरण गरेका थिए । एनआरएनएको केन्द्रिय भवनमा आयोजित कार्यक्रममा अध्यक्ष पुनले हङकङबाट नेपालीले केन्द्रलाई पठाएको सहयोगले आविष्कार केन्द्रको लक्ष्यमा सहज हुने अपेक्षा गरेको बताए ।

मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष एवम् म्याग्दी विकास मञ्चका अध्यक्ष समेत रहेका उनले केन्द्रमार्फत भइरहेका प्रयासले भावी सन्ततीलाई नेपालमै प्रसस्तै सम्भावना देखाएको बताए । कार्यक्रममा केन्द्रको स्थापनादेखि हालसम्म भएका प्रयासका बारेमा समेत जानकारी गराइएको म्याग्दी विकास मञ्चका सदस्य दिनेशनारायण श्रेष्ठले बेनीअनलाइनलाई बताए । उनका अनुसार हङकङबाट संघ बाहेक मोना हङकङ लगाएत अन्य नेपाली संघसंस्थाले समेत केन्द्रमा ठुलो सहयोग गरिसकेका छन् ।

कार्यक्रममा मोना हङकङकका पुर्व अध्यक्ष दल शेरपुञ्जा लगाएतको सहभागिता रहेको थियो । जिल्लाको अन्नपूर्ण गाउँपालिका राम्चे स्थित नांगीमा जन्मिएका पुन अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि बेतारे इन्टनेटर मार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटन लगाएतका क्षेत्रमा सक्रिय रहेका छन् । सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणा समेत थिए ।

नांगीबाटै उनले केन्द्रले स्थापना गरेको मेडिकल र्डोन समेत परिक्षण उडान गरेका थिए । केन्दमार्फत संकलन गरिएको मध्ये ५० करोडबाट विद्युत उत्पादन गरी त्यसबाट प्राप्त हुने आम्दानी सहित अन्य बैकल्पिक माध्यमहरूको समेत प्रयोग गरिने गरी अभियानको घोषणा गरेका थिए । केन्द्रको दीगो विकासका लागि ३ बर्षभित्र १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरी विक्रीबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने केन्द्रले जनाएको छ ।