नेबिसंघ म्याग्दीको संगठन विस्तार अभियान सुरु

0

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीले आफ्नो संगठन अभियानलाई तिब्रता दिएको छ । तीनै तहको निर्वाचनपछि सुस्ताएको नेविसंघले आफ्नो अधिवेशन सहितका अभियानलाई तिब्रता दिन सुरु गरेको अभियान अन्तरगत मालिका गाउँपालिकाको जनप्रिय माविमा सजिन किसानको अध्यक्षतामा २९ सदस्यीय ईकाइ समिति गठन गरेको जनाएको छ । समितिको उपाध्यक्षमा नारायण आचार्य, शुसिला बिक सचिवमा युराज बिक, सह–सचिवमा सुनिता विक, कोषाअध्यक्षमा सुविना बिक, सह–कोषाअध्यक्षमा प्रशन जङ थापा रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सन्तोष रसाईली, दिपा पुर्जा, बशु रोका, सबिना राम्जाली, सुस्मा सदा शंखर, दिपेन घिमिरे, रिम्पती पुन, ममता गुरुङ, लक्ष्मण परिवार, युवराज बिक, सनम बुढा, सुशिला बिक, सबिना बिक, टक्चन गोतामे, केम बहादुर घर्ति, शिशिर पटेल, नविन गुरुङ, सरु प्रिवार, सुनिता बिक,दिपेन कुमार बिक, मिलन र मिलन विक रहेका छन् ।

कार्यक्रममा मालिका प्रमुख श्रीप्रसाद रोकाले देशको परिस्थिती अनुसार विद्यार्थीले शैक्षिक गतिविधिसंगै राजनीतिक तथा सामाजिक अभियानमा समेत सक्रियता देखाउनुपर्ने बताए । रचनात्मक क्रियाकलापमा सहभागीमा आवश्यक रहेको अध्यक्ष रोकाले बताए । कार्यक्रम नेबिसंघ म्याग्दीका कार्यबाहक सभापती निर्मल खत्रीको अभ्यक्षता जिल्ला सदस्य झलक जिसीको स्वागत, नेपाली काँग्रेसका जिल्ला आमन्त्रीत सदस्य मेक बहादुर पुन, नेवि संघ जिल्ला सदस्य दामोदर शर्माले मन्तव्य राखेको कार्यक्रमको म्याग्दी बहुमुखी क्यापस इकाइका सचिव हरिकृष्ण आचार्यले सञ्चालन गरेका थिए ।

संघ केन्द्रिय समितिले १२ औँ महाधिवेशनका लागी ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि तोकेको छ । नेबिसंघले पुस २८, २९, र ३ गते महाधिवेसन गर्ने गरी कार्यातालिका समेत सार्वजनीक गरेको छ । जसअनुसार मंसिर २२ गते विद्यालय र सीटीईभिटीको अधिवेशन, मंसिर २५ गते गाउँ तथा नगर अधिवेशन ,पुस ८ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन , पुस १४ गते ७७ जिल्ला अधिवेशन र पुस २० गते प्रदेश अधिवेशन गरिसक्नु पर्नेछ । अनिल पौडेल