गलेश्वर वृद्धाआश्रमका वृद्द–वृद्दा संग ४ घण्टा (फोटोफिचर)

न्यु वेष्ट पोइन्ट आवासीय माविका कक्षा ९ का विद्यार्थीहरुले गलेश्वर वृद्धा आश्रममा वृद्द वृद्दा संग ४ घण्टा बिताएका छन् । शिक्षक कृष्ण जिसीले आफ्नो बिषय अन्तर्गत एउटा पाठको शिकाइलाई व्याबहारिक बनाउन यसो गरेका हुन् । प्रायजसो जन्मदिन बैबाहिक उत्सव मनाउन या कुनै खास अबसरमा आश्रममा पुगी लत्ता कपडा, फलफुल खाद्दान्न वितरण गर्ने गरिएको हुन्छ तर वेष्ट पोइन्टका विद्यार्थीहरुले भने त्यसो गरेका होइनन ।

मंसिर १८ गते मंगलबार उनीहरुले वृद्द वृद्दाका लागि वितरण गर्न केहि लगेका हैनन् ।३ वटा सेक्सनबाट १५ वटा नंङ्गकट, ४–५ वटा तौलिया ३–४ वटा साबुन, कपालमा लगाउने तेल, कपाल कोर्ने काईयो, दारी फाल्ने मेशिन, ब्लेड यस्तै लगेर त्यहाँ पुगे र उनीहरु संगै ४ घण्टा बिताए । त्यहाँ बसोबास गर्ने वृद्द वृद्दा बिहानको भोजन पछी पाहारिलो घाममा बसेर विद्यार्थीहरुले नग काटिदिने, हातगोडा, टाउकोमा तेल लगाईदिन,े मालिस गरिदिने, कपाल कोरिदिने, दाह्री कपाल काटिदिए .केहि विद्यार्थीहरुले उनीहरुको बस्ने आश्रममा पुगेर ओढ्ने ओछ्याउने बाहिर निकालेर टकटकाइ सुकाउने र कोठाको सफाई गरिदिए ।

कसैले सौचालय, भान्साघर सरसफाई गरे, उनीहरुका सरसामान लत्ता कपडा मिलाएर राखिदिने दिने र धोई दिने समेत गरे, ९० बर्ष काटेका कतिपय राम्ररी हिड्डुल गर्न नसक्ने अबस्थाका वृद्द वृद्दालाइ नुहाई धुवाई, गरिदिएका छन् ।यसरी दिनभरी उनीहरु संगै घाममा बसेर ४ घण्टा जति बसेर साथ् दिदा उनीहरु संग संगै बसेर यस्तो काम गर्दा धेरै वृद्द वृद्दा भाबुक भएर रोएका थिए । “आफ्नाले त प्राय भेट्न पनि आउदैनन तर यसरी कलिला नानिबाबुहरु आएर अहिले सम्म कसैले नगेरको काम गरेर तिमिहरुले करोडौ रुपिया भन्दा पनि धेरै सहयोग गर्यौ ।

तिमीहरुलाई हाम्रो आशिर्बाद छ” उनीहरु हर्षित हुदै भनेका छन । दिनभरी उनिहरु संगै सरसफाई सामान स्याहार सुसार कोठाको सफाई नुहाई धुवाई पछी घाम ढल्के पछी कोठासम्म पुर्याई फर्केका हुन् ।कक्षामा हामीले वृद्द वृद्दाको स्याहार कसरी गर्न सकिन्छ भनेर पढेका त थियौं तर आज यसरी ब्यबहारिक प्रयोग गर्दा आफु अत्यन्तै खुसि भएको बिद्याार्थीहरुले बताएका छन् ।

छात्राबासमा बसोबास गर्ने विद्यार्थीहरु भने वृद्द वृद्दालाई भेट्दा आफ्नै बाजे बज्यैको याद आएको भन्दै रोएका थिए । उनीहरुलाई भजन किर्तन नाचगान गरेर न्यास्रो मेटाउन मनोराजन समेत प्रदान गरेका छन । त्यसैगरि कतिपय, आश्रममा बसे पनि मन्दिर सम्म पनि पुग्न नसकेको अबस्था रहेछ उनीहरुलाई बिद्यार्थीहरुले डोर्याउदै मन्दिर र बजार समेत डुलाएका छन।गलेश्वर क्षेत्र बिकास समितिका अध्यक्ष रुद्रबहादुर केसीले अहिले सम्म यस्तो काम कसैले गरेका छैनन् तपाइंहरुले यसरी काम गरिदिदा केहि समयलाई उनीहरुलाई सजिलो भएको बताउनु भयो ।

वेस्ट पोइन्टले सिकाइलाई नैतिक शिक्षा र पारीवारिक जिम्मेवारीसंग जोडेर यसरी कार्यक्रम गरेकोमा प्रसंसा गर्नु भयो । बिद्यार्थीहरुले कक्षा कोठाबाट बाहिर गएर हुने यस्ता सिकाइ निकै प्रभाबकारी हुने गरेको छ । संस्कार पहिलो कुरा हा,े त्यसपछि सिकाइ । संस्कार र सिकाईलाइ संगै लैजानु पर्ने र यसरि हामीले समुदायसंग शिक्षालाई जोड्ने प्रयास गरेका छा,ैं वेस्ट पोइन्ट मिडिया हबका संयोजक समेत रहेक शिक्षक कृष्ण जिसीले बताएका छन ।