मालिकामा ‘एक वडा एक हेलिप्याड’ निर्माण अभियान

म्याग्दीको मालिका गाउँपालिका –२ रुममा हेलिप्याड’ निर्माण गरिएको छ । ‘एक वडा, एक हेलिप्याड’ निर्माण अभियान अन्तरगत जिल्ला विपद् ब्यवस्थापन समितिको पहलमा रुम स्वास्थ्यचौकी आसपासमै हेलिप्याड बनाइएको गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले बताउनुभयो । आपतकालीन उद्धार र विपद् व्यवस्थापनको कामलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले गाउँपालिकाका सात वटै वडामा हेलिप्याड बनाइने उपाध्यक्ष विटालुको भनाई छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वडामा हेलिप्याड निर्माण अभियान सुरु गरेपछि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत रुममा आयोजित कार्यक्रममा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढा सहितमा शसस्त्र प्रहरीले हेलिप्याड बनाएका थिए । हरेक वडामा हेलिप्याड बनाउँदा स्वास्थ्यचौकी आसपासमा जग्गा ब्यवस्थापन भए सहज हुने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । उहाँले हरेक वडामा बनाइने हेलिप्याडमा शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले प्राविधिक सहयोग गर्ने बताउनुभयो ।

हेलिप्याड निर्माण भएपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपतमा राहत उपलब्ध गराउन सहयोग पुग्ने प्रजिअ अधिकारीको भनाइ थियो ।सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा गम्भीर घाईतेमा सहजै उपचारको पहुँच बढाउन ’एयर एम्बुलेन्स’ सुरू गरेपछि वडास्तरमै नेपाली सेनाको एआई १७ हेलिकप्टरलाई समेत सहज हुने गरी हेलिप्याड सुरू गरिएको स्थानीय तहले जनाएका छन् । यसअगाडी रगुगंगा गाउँपालिकाको पाखापानीमा हेलिप्याड निर्माण गरिएको छ।