काठका साम्रागी विक्री नै हुदैन

बालाचर्तुदशी पर्वको अवसरमा प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम मन्दिरमा गाउँघरमा निर्मित काठका साम्रागी विक्री गर्न बसेका ब्यापारीले साम्रागी विक्न छोडेको गुनासो गरेका छन् । विहानै मन्दिरमा काठबाट निर्मित विभिन्न घरेलु प्रयोगमा आउने सामानहरु दिउँसोसम्म सोचेजस्तो विक्री नभएपछि निरास भएर सस्तो मुल्यमै विक्री गरेका छन् । पछिल्लो समय गाउँघरमा पलाष्ट्रिकका साम्रागीको प्रयोग ह्वात्तै बढेपछि काठबाट निर्मित ठेका विक्री हुन छोडेको ब्यापारी नारायण चुँदाराले बताउनुभयो ।

‘हरेकबर्ष बागलुङबाट बिmत्री गर्न आउँछु,‘गाउँघरबाट आउनेले पनि पलाष्ट्रिकका प्रयोग गर्छन्’ चुँदाराले भन्नुभयो ।
गाउँघरमा ठेकामा चिसो दही र मोही अनि सानासाना ठेकीमा घिउ राख्न गाउँघरमै पाइने गिठ्ठादारको काठ काटेर बनाउने गरिएपनि यूवापुस्ता विदेश पलायन भएपछि अहिले गाउँघरमा काठको ठेका पाउन मुश्किल छ । दूध दुहुन र दही राख्न बजारमा प्लाष्टिक एवं सिल्टेका भाँडा, ड्रम र बाल्टी आएपछि काठका ठेकाको प्रयोग ह्वात्तै घटेको छ ।

ठेका कुँद्नेलाई गाउँले भाषामा चुँदारा भनिन्छ, चुँदाराले बनाउने ठेका लोप हुन थालेको बागलुङका राम चुँदाराले गुनासो गर्नुभयो । बजारमा सस्तोमा कम टिकाउ हुने सामान पाइने भएपछि मान्छेले काठको पुरानो सामान प्रयोग गर्न छाडेको उहाँको भनाई छ । परम्परागत सिप र प्रविधिको प्रयोग गरेर बनाइएको ठेका निकै कलात्मक र आकर्षक देखिन्छ भने प्रयोग गर्न पनि सजिलो हुन्छ ।

पाँच मुठी अटाउनेदेखि बाइस, पच्चीस मानासम्म जाने ठेका बनाउने गरिएपनि आयातित भाडाले पेशा संकटमा पर्न थालेका ब्यवसायीको गुनासो छ । चाडपर्वबाहेक अन्य समयमा बनाएको ठेका मेला महोत्सवको प्रदर्शनीमा राख्ने र त्यहीँबाट बिक्री गर्ने गर्ने गरिन्छ ।

बालाचतुर्दशी पर्वमा हरेक वर्ष म्याग्दीको बेनीबजार, गलेश्वर, तातोपानी र गुल्मी जिल्लाको रिडी क्षेत्रमा पुगेर ठेका बेचेर गुजारा चलाउने गरेका छन् । सरकारले आरन र सिलाईकटाईलगायत अरु बालीघरे पेशा सङ्कटमा परेको भन्दै संरक्षणका लागि अनुदान सहयोग गर्ने गरेको भए पनि चुँदारा पेशालाई बेवास्ता गरेको गुनासो समेत गर्ने गरेका छन् । म्याग्दीको गलेश्वरमा चुँदारालाई विक्रीवितरणका लागी महत्वपूर्ण ठाउँ दिइएको कोषका कार्यालय सचिव राम बहादुर बानियाँले बताउनुभयो ।