सरकारले एक महिनाअघि घोषणा गरेको १०० वटा पर्यटकीय गन्तब्य स्थलमा समावेश भएको म्याग्दीको रघुगंगा गाउँपालिका २ मा पर्ने रुइसे र अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पूर्वाधार निर्माणका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पचास÷पचास लाख रुपैयाँ बजेट बिनियोजन गरेको म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शुक्रबार जानकारी दिनुभयो ।

Tourists capture the panaromic view of a Himalayan range from Punhill in Ghorepani of Myagdi district on Monday, January 25, 2016. Photo: RSS

उहाँका अनुसार पूर्वाधार निर्माणका लागि डिपीआर तयार पार्न सम्बन्धित स्थानीयतहरुमा पत्राचार गरिएको छ । स्थानीयतहसँग साझेदारी गरेर योजना निर्माण गरिने भएको छ । बजेट बिनियोजन भएर डिपीआर तयार पार्न पत्राचार भएअनुसार प्राबिधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको रघुगंगा गाउँपालिका २ भगवतीका वडा अध्यक्ष रिम कटुवालले जानकारी दिनुभयो।

रुइसे देखि धौलागिरि आईसफल क्षेत्र जाने पदमार्ग लगायतका आवश्यक पूर्वाधार निर्माण गरिने उहाँले बताउनुभयो । सरकारले म्याग्दीकै घोडेपानी पर्यटकीय क्षेत्रलाई समेत नयाँ गन्तव्यको सुचिमा राखेको छ भने पुनहिल, गलेश्वर र तातोपानीलाई स्थापित तथा प्रवद्र्धन गर्नुपर्न गन्तव्यको सुचिमा राखेको छ ।‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवद्र्धन र विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुवात गर्नेछ । नयाँ गन्तब्य प्रवद्र्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको छ । सन्तोष गौतम