बेनीमा शनिबारदेखि ताराखेल व्यवस्थापन तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।बेनी नगरपालिका ७ नम्बर वडा कार्यालयको सहयोगमा थकाली सेवा समिति बेनी क्षेत्रले आयोजना गरेको कार्यक्रम मंसिर २६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । परम्पराग तारो हान्ने खेल (आर्चरी)को संरक्षण र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजित प्रशिक्षण कार्यक्रमको बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

१६ जना सहभागि प्रशिक्षणको नगर कार्यपालिका सदस्य झलप्रसाद गौचनले सहजिकरण गर्नुहुने जनाइएको छ । कार्यक्रम सञ्चालनका लागि बेनपा ७ को प्रस्तावमा नगरपालिकाले सत्तरी हजार रुपैयाँ र लक्षित वर्गको २९ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ ।थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनको अध्यक्षता, उपाध्यक्ष कृष्णुकमार शेरचनको स्वागत र सचिव सुन्दरमान शेरचनको सञ्चालनमा सम्पन्न कार्यक्रममा मगर संघका मनप्रसाद थकाली, भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, तमु समाजका बिष्णु गुरुङको उपस्थिती रहेको थियो ।