जिल्लाको मालिका गाउँपालिका–४ च्युरिबोट स्थित ओखरबोट स्वास्थ्य चौकीको भवन शनिबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा निर्माण गरिएको भवनको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गरेका थिए । १७ सैया क्षमत्ताको पूर्वाधार सहितको दुई तले भवनको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोकाले गाउँमै आधारभुत स्वास्थ्य सेवालाई उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।

उनले दुर्गम क्षेत्रका जनतालाई आपतकालिन सेवा नै प्रभावकारी बनाउन आवश्यक पूर्वाधार सहित स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने बताए ।सोही अवसरमा उपाध्यक्ष खरमायाँ विटालुले भवन बनेपछि सहज भएको बताईन् ।उनले बालबालिका देखि बृद्धबृद्धालाई गाउँमै गष्ुणस्तरीय स्वास्थ्य सेवाका लागि गाउँपालिाकाले निरन्तर सहयोग गर्ने बताईन् ।

कार्यक्रममा भवन निर्माण कम्पनीका सञ्चालक जयन्द्र श्रेष्ठले डिभिजन कार्यालय, व्यवस्थापन समिति, जनप्रतिनिधि र समुदायको सक्रिय सहयोगमा सम्झौताको ३ महिना अगाडी नै सम्पन्न भएको बताए । उनका अनुसार १५ महिनाको सम्झौतामा उनले १२ महिनामै सम्पन्न भएको बताए । भुकम्प प्रतिरोधी क्षमताको अपाङगमैत्री भवनको भुई तलामा उपचार, प्रशासन, प्रयोगशाला, प्रसुती, औषधि भण्डार कक्ष छन् । माथिल्लो तलामा स्वास्थ्यकर्मीको लागि दुई परिवार क्षमताको आवास कोठा रहेको स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष रेशम पुनले बताए ।

उनका अनुसार भवन नहुदाँ गाउँकै सिद्धार्थ मावीको पुरानो भवनबाट सेवा दिएको बताउँदै अव नयाँ भवनबाट सेवा उपलब्ध गराउने बताए । भवन निर्माणमा १ करोड ५० लाख बिनियोजन भएकोमा १ करोड २६ लाख खर्च भएको छ । भवन उद्घाटनको अवसरमा जग्गादाता गणेश पुन घर्ती लगाएतलाई सम्मान गरिएको थियो । भवन निर्माणका लागि प्रेमबहादुर घर्तीले ५ रोपनी ५ आना र गणेशबहादुर घर्तीले ११ आना जग्गा निशुल्क उपलब्ध गराएका थिए । उद्घाटन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष दिलिप कुमार शेरचनले गरेका थिए । स्वास्थ्यचौकीबाट भवन ओखरबोटका सबै बस्तीका साथै मालिका ३ रुमको केही गाउँलाई समेत सेवा लिन सहज हुने छ ।