झिँमा बर्थिङ सेन्टरको स्थापना, घरभित्रको प्रसुती सेवालाई अन्त्यको घोषणा

0

म्यादीको रघुगंगा गाउँपालिका–५ झिँमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । शनिबार झिँमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले घरभित्रको प्रसुती सेवाको अन्त्य गदैं सुत्केरी महिला र नवजात शिशुको जीवन रक्षाका लागि सेन्टरको स्थापना गरिएको बताए । । ‘गर्भवती महिलालाई ठुलो राहत मिलेको छ । घरमा हुने प्रसुतीलाई स्वास्थ्य चौकीमा ल्याउन वडास्तरमा कार्यक्रम हुनेछन्’ अध्यक्ष भण्डारीले भने ।

उनले घरभित्रको प्रसुती सेवालाई अन्त्य गर्न स्वास्थ्यकर्मीलाई जनचेतनामुलक कार्यका लागी घरघरमा पठाउने बताए । सोही अवसरमा उनले बेनी नगरपालिकार्सग जोडिएको सडक स्तरउन्नतीले समेत सहज हुने बताए । उनले बेनी नगरपालिक हुदै आउने सडक झिँ हुदै पाखापानीसम्म कालोपत्रे गर्न डिपिआरको काम अगाडी बढेको बताए । वडा कार्यालयको वडा कार्यालयको २ लाख, गत आवाको २२ हजारमा सेन्टरका लागी आवश्यक पर्ने उपकरण खरिद गरिएको छ ।

कार्यक्रममा वडा नं ६ पाखापानीका वडा अध्यक्ष मन कुमार शेरपुञ्जाले सेन्टरको स्थापनाले महिलाको स्वास्थ्य सुरक्षामा सहज भएको बताए । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संमयोजक टिका शाहीले गाउँपालिकामा ४ वटा केन्द्र स्थापना भइसकेको बताउँदै आगामी आवमा एक वडामा थप केन्द्र स्थापना गरिने बताए । गाउँपालिका भित्रको पाखापनी, झिँ, भगवती, र पिप्लेमा केन्द्र सञ्चालन गरिएको छ । कार्यक्रममा तिन जान सुत्केरी महिलालाई सम्मान समेत गरिएको थियो।

बर्थीङ सेन्टर स्थापना हुनु भन्दा अघि एक जना र स्थापना भएपछी दुई जना गरी तिन जान सुत्केरीलाई सुरक्षित प्रसुती गराएको स्वास्थ्य चौकीका प्रमुख प्रेमचन्द्र प्रसाद जयसवालले जानकारी बताए । नियमित गर्भपती जाँच गर्ने ओममाया शेरपुञ्जा, प्रेममाया थकाली, र बुद्धिमाया रोकालाई क्रमस २ हजार, दुई हजार आठ, दुई हजार आठ सय र न्यानो झोला समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य चौकीकी अनमी सुस्मा पौडेल, सामुदायीक विद्युधिकरणका दलमान शेपुञ्जा, झिँ आमा समुहकी अध्यक्ष रामकुमारी थकाली, देउराली महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष श्रीमाया शेरपुञ्जा, जिल्ला स्वास्थ्य कार्यालयको आमा र बाबु कार्यक्रमका फोकल प्रसन नारायण रेग्मी लगाएतले बोलेका थिए । बर्थिङ सेन्टरको स्थापना भएसंगै सुरक्षित गर्भपतन सेवा लिन समेत सहज हुने स्वास्थ्यकमीैको भनाई छ । जनचेतनाको अभाव, अशिक्षा तथा विभिन्न कारणले ग्रामिण क्षेत्रमा अझैपनि घरभित्र सुत्केरी गराउने गरिएको छ । गाउँमा बर्थिङ सेन्टरको स्थापना भएपछि महिलाहरू उत्साहित भएका छन् । ।