म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठलाई नेपाली लेखक संघ तनहुँले सम्मान गरेको छ। लेखकीय स्वतन्त्रता र लोकतन्त्रका पक्षमा निरन्तर लेखन कार्यमा संलग्न रही साहित्य क्षेत्रमा योगदान गरे बापत निजलाई सम्मान गरिएको बताइएको छ। संघद्वारा शनिबार दमौलीमा आयोजित स्रष्टा सम्मान तथा काव्योत्सव कार्यक्रममा गण्डकी प्रदेशका १४ जना स्रष्टालाई सम्मान गरिएको नेपाली लेखक संघका केन्द्रीय उपाध्यक्ष डा.कुसुमाकर न्यौपानेले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा श्रेष्ठ लगायत इन्द्रकुमार विकल्प(पर्वत) र अोमप्रसाद घायल(बागलुङ)समेत धवलागिरिका ३ जना स्रष्टा सम्मानित हुनुभएको संघका केन्द्रीय सदस्य सरस्वती शर्मा जिग्यासुले जानकारी गराउनुभयो। कार्यक्रम नेपाली लेखक संघ, तनहुँका अध्यक्ष गौकुमारी न्यौपानेको अध्यक्षता र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो।