अमेरिकाबाट पाण्डे परिवारले चारबषसम्म सन्ध्या र साधनालाई सहयोग

0

बेनी नगरपालिका–२ खवरा दारिमपाटाका दुई बालबालिकालाई अमेरिकामा रहेकी एक परिवारले चारबर्षसम्म १ लाखभन्दा धेरै सहयोगको प्रतिबद्धता जनाएका छन् । नुवाकोट जिल्ला छहरे बजार स्थायी घरभई हाल अमेरिकामा रहेकी समाजसेवी शोभा पाण्डे, उनका छोरा नयन र छोरी समिक्षाले बार्षिक ३० हजारको दरले चारबर्षसम्म १ लाख २० हजार आर्थिक सहयोगको प्रतिबद्धता जनाएकी छन् ।

कलेजो र पित्तथैलीमा क्यान्सर भएर ज्यान गुमाएकी ३५ बर्षिया सिता केसी घिमिरेका बारेमा बेनीअनलाइनमा समाचार प्रकाशित भएपछि पाण्डे परिवारले सन्ध्या र साधनलाई पुस्तक, स्टेशनरी, शैक्षिक साम्रागी सहित ब्यक्तिगत खर्चका लागी पहिलोचरणमा पठाएको २० हजार आइतबार दुवैजा अध्ययरत न्यू होराइजन आवासीय माविमा आयोजित खेलकुद सप्ताहको अवसरमा सन्ध्याका आफन्त देबेन्द्र घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।

चितवनका सामाजिक अभियान्ता मुरली प्रसाद गजुरेलको संयोजनमा प्राप्त भएको आर्थिक विद्यालयका सञ्चालक समितिका अध्यक्ष दलबहादुर जिसी लगाएत जनप्रतिनिधि, अभिभावक लगाएतको उपस्थितीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो । सोही अवसरमा सहयोगदाता पाण्डेले म्याग्दीकी पुजा खत्रीलाई नगद, लत्ताकपडा सहित करिब ५० हजार बराबरको सहयोग हस्तान्तरणका साथै देशभरका विभिन्न जिल्लामा समेत बर्षेनी हजारौं सहयोग गरी मानवीय सेवामा सर्मपित भएको बारेमा जानकारी गराइएको थियो ।

‘उहाँले ब्यक्तिगत रुपमा धेरै सहयोग गर्नुभएको छ,‘मानवीय सेवामा सधै सक्रिय हुनुहुन्छ’ चितवनका सामाजिक अभियान्ता गजुरेलले भने । उनले बेनीअनलाइनमा समाचार देखेलगत्तै सहयोगका लागी चासो देखाउनुभएको बताउँदै यसबर्षको थप १० हजार आगामी बर्षको सहयोगमा थप भएर आउने बेनीअनलाइनलाई बताए । त्यस्तै सहयोगदाता पाण्डेले सामाजिक र मानवीय सेवामा निरन्तर सक्रिय रहने बताईन् । ‘अभिभावक विहिन बालबालिकालाई निरन्तर सहयोग गर्नेछु,‘त्यस्ता कार्यमा सहयोग गर्दा आत्मबल बढ्छ’ पाण्डेले टेलिफोनमा बेनीअनलाइनलाई भनिन् ।

यसबीच विद्यालयले समेत पाण्डे परिवारलाई धन्यवाद दिएको छ । गत कात्तिक महिनामा दसैंको दिनमा जन्मदिने आमाको मृत्यु भएपछि १३ बर्षिया सन्ध्या र ८ बर्षकी साधना घिमिरेको जीवनयापनमा ठूलो समस्या देखिएपछि सुरू भएको अभियान सुरु भएको थियो । यसअगाडी बेनपा–२ आम्बोट घरभई हाल बागलुङमा सफल पोलिक्लिनिक प्रालिका सञ्चालक दिपेन्द्र घिमिरेले सन्ध्यालाई स्नातकतहसम्मको शिक्षा र पर्वत जिल्लाको जलजला गाउँपालिका–३ पर्वतबेनीमा अवस्थित न्यू् होराईजन आवासीय माविले साधनलाई माध्यामिक तहसम्मको निशुल्क शिक्षाको घोषणा गरिसकेको छ ।