गलेश्वरमा एकै दिन छ लाख बढी भेटि संकलन

0
278
un]Zj/df e]6L u0fgf ;fpg] ;f]daf/ un]Zj/df eQmhgn] r9fPsf] e]6L u0fgf ul/Fb} . un]Zj/df ;fpg dlxgfsf] ;f]daf/ ? !# nfv a9L e]6L ;+sng ePs]f 5 . tl:a/ M sdn vqL, a]gL, /f;;

बेनी नगरपालिका ९ मा रहेको म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर मन्दिरमा एकै दिन छ लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ ।गत बिहीबार बालाचर्तुदशी पर्वमा पितृको स्मृतिमा शतबिज छर्न र दर्शनका लागि आएका भक्तजनहरुले चढाएको भेटी रकम सोमबार सार्वजनिक गरिएको हो ।

यसपालीको बालाचर्तुदर्शी पर्वमा छ लाख ३२ हजार ५८७ रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।बालाचर्तुदर्शी पर्वमा शतबिज छर्न, कालीगण्डकी स्नान र पुजाआजाका लागि गलेश्वरमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौ लगायतका स्थानबाट हजारौ भक्तजन आएका थिए ।

कोषले बालाचर्तुदर्शी मेलालाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्ने सुरक्षा निकाय, स्वयमसेवक परिचालन गर्ने विभिन्न संघ संस्था तथा विद्यालय, आमा समूह, युवा कल्व र भक्तजनहरुलाई आभार व्यक्त गरेको छ ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलीएको चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरमा बालाचर्तुदशी, शिवरात्री र साउन महिनाको सोमबारका दिन भब्य मेला लाग्ने गर्छ । अन्य समयमा पनि दैनिक पुजाआजा हुने गलेश्वर पश्चिमको पशुपतीनाथको रुपमा परिचित छ । कोषले भक्तजनले चढाउने भेटि सार्वजनिक गर्दै आएको छ । भक्तजनले चढाएको भेटिबाट मन्दिरमा पूर्वाधार निर्माण र प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालनमा परिचालन गरिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।सतिदेवीको गला पतन भएकाले गलेश्वर नामाकरण भएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यस स्थानको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले बताउनुभयो । सन्तोष गौतम