माउण्ट एभरेष्टले २५ करोडको लगानीमा पूर्वाधार विस्तार

0
449

अनिल पौडेल
आधादशक अगाडीसम्म सदरमुकाम बेनी नजिक भएपनि पतलो बस्ती रहेको महारानीथान मन्दिर आसपासमा बस्ती विस्तारले तिब्रता पाएको छ । ब्यक्तिगत घरजग्गा संगै जिल्लामा शैक्षिक क्षेत्रमा अग्रणी शैक्षिक संस्थाको रुपमा चिनिएको माउण्ट एभरेष्ट आवासीय माविले करोडौको लागतमा भौतिक पूर्वाधार विस्तार गरेसंगै खडेरी किनबेच ह्वात्तै बढेको छ ।

साढे दुईदशक देखी म्याग्दीको सदरमकाम बेनीबजारमा सञ्चालनमा रहेको विद्यालयको सञ्चालकमा जिल्लाका प्रतिष्ठित उद्योगब्यापारीको लगानी विस्तारसंगै गुणस्तरी शिक्षाको दायरालाई थप फराकिलो पाने उदेश्यले १८ रोपनी जग्गामा ५५ कोठा तथा झन्डै ३ सय सहभागी अट्ने क्षमताको सभाहलको करिव २५ करोड लागतमा भौतिक संरचना विस्तारलाई तिब्रता दिइएको सञ्चालक समितिका सदस्य प्रमोद श्रेष्ठले बताए ।

उनका अनुसार निकट भविस्यमै बेनपा ८ हिलसाईडमा अवस्थित पुरानो भवनबाट ५ देखी १२ सम्मको कक्षालाई स्थानान्तर गरिने बताए । उनले कराडौको लागतमा निर्माणधिन अवस्थामा रहेको तीनवटा भवन, गोवर ग्याँस, होस्टलका हरेक कोठामा एट्याच्ड बाथरुम, ब्यवस्थित खेलकुद मैदान, ब्यवहारिक ज्ञान सहितको प्रयोगशाला, डिजिटल कक्षा लगाएत ब्यवहारिक ज्ञानमा आधारित हुने गरी नजिकै गाई फार्म समेत सञ्चालन गरिने उनले बताए । बेनीबजार नजिकै रहेकाले विद्यालयले आसपासका क्षेत्रमा रहेका अन्य जग्गाहरुलाई समेत विद्यार्थीको शैक्षिक गतिविधिलाई केन्द्रित गरेर विस्तार गर्ने योजना बनाएको विद्यालयका संचालक सुविन श्रेष्ठले बताए ।

उनका अनुसार विद्यार्थीलाई शैक्षिक संगै प्रयोगात्मक अभ्यासलाई समेत केन्द्रित गरी पुर्वाधारलाई विस्तार गरिने बताए । शैक्षिक गतिविधिसंगै समय अनुकुल भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापका साथै विश्वबजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तीको उत्पादन गरिने गरी योजना बनाइएको सञ्चालक समितिका अध्यक्ष चन्द्रकुमार केसीको भनाई छ । उनले गण्डकी प्रदेशमै शैक्षिक गन्तब्य बनाउने गरी शैक्षिक तथा ब्यवहारिक ज्ञान दिने गरी पूर्वाधारलाई विस्तार गरिने बताए।

एकबर्ष अगाडीसम्मएक परिवार भित्र सिमित रहेको विद्यालयमा लगानी थप्दै चन्द्रकुमार केसी, सुरज केसी, राजु केसी, हरिकुमार श्रेष्ठ, लिला बहादुर बानियाँ, राजेश शाक्य, प्रमोद श्रेष्ठ, रमेश गिरी, सुविन श्रेष्ठ र किरण सापकोटा सहितको नयाँ सञ्चालक समिति बनेको थियो । जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिका साथै ब्यवसायीक र शैक्षिक क्षेत्रमा तीनदशक देखी सक्रिय रहेका ब्यक्तिहरूको लगानी थपिएसंगै देशका प्रतिष्ठित शैक्षिक क्षेत्रबाट समेत शिक्षक विद्यार्थीलाई अतिरिक्त कक्षा लिने गरेका छन् ।