म्याग्दी बेनी नगरपालिका-२ ज्यामरुककोट का ३५ बर्षिय कृष्ण बहादुर घिमिरेले देशबिदेशमा रहेका सबैलाइ सहयोगको लागि अपिल गरेका छन । घिमिरे बिगत १४ बर्षयता शारीरिक अपांगताका कारण पीडामा छटपटाइरहेका छन ।

घिमिरेको २०६१ साल फागुन १९ गतेका दिन घरको नजिकै बाँसको घाँस काट्ने क्रममा लडेर मेरुदण्ड भाचिनुका साथै शरीरका विभिन्न अंगहरुमा ठुलो चोट लागेको थियो । तत्कालीन समयमा आफन्तको सहयोगमा जिल्ला अस्पतालमा उपचार गराएपछि ५० प्रतिशत घाउ निको भएको थियो । पीडित घिमिरेले भने सानो घाउ त ठिक भयो ठुलो घाउ झन बढ्दै गएकोले उठ्न बस्न समेत गार्‍हो भैरहेको छ ।

घिमिरेको बस्नेठाउ अगिपछी, पेट, मेरुदण्ड लगायतका अङगहरुमा घाउ बल्जिरहेको छ । घाउ पोलेर सहि(नसक्नु हुन्छ पीडित घिमिरेले रुदै भने मेरो आर्थिक अवस्था बलियो भएकोभए किन घाउ पालेर मृत्यु कुरेर बस्नुपर्थ्यो । जीवन मरणको दोसाँधमा रहेका घिमिरे व्शिलचियरको मद्दतले भित्रबाहिर गर्ने गर्दछन ।आर्थिक अवस्था नाजुक रहेकोले सहयोगको माग गरेको हो पीडित घिमिरेकी श्रीमती दुर्गा कुमारी घिमिरेले भनिन् बिहान बेलुकी छाक टार्न समेत धौ भएको छ । उनले देश बिदेशमा रहेका सबैलाइ सहयोग गरि श्रीमानको उपचारमा सहयोग गरिदिन अनुरोध गरेकी छन। आर्थिक अवस्था नाजुक रहेका घिमिरेका २ छोरा रहेका छन ।

२ छोराहरु नजिकैको स्कुलमा निसुल्क अध्ययन गर्दै आएका छन भने पीडित घिमिरेकी श्रीमती एक बोर्डिङमा पिएन जागिर गरेर दैनिक गुजारा चलाइरहेकी छन ।पीडित घिमिरेको लागि कृष्ण बहादुर घिमिरे क्षेत्रीको नाममा माछापुच्छ्रे बैंकको युवा बचत खाता नम्बर २९-४०-५२४-६४३४२४-०१-८ मा सहयोग जम्मा गर्न सकिने बताइएको छ । रामशरण पोखरेल

विज्ञापन