बालबालिकाको अवस्था हेर्दा मुट काम्छ (भिडियो)

0

आमाको मृत्युपछि विचल्लीमा परेका चारबालबालिकाका बारेमा मंगलबार समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोगको प्रतिबद्धता आइरहेको छ । गत बर्षको चैत्र १ गते चरम गरिबीका कारण आमाले आत्महत्या गरेपछि नर्क जस्तै जीवन विताइरहेका चार बालबालिकाका बारेमा समाचार प्रकाशित भएलगत्तै संरक्षकत्व तथा सहयोगको प्रतिबद्धता आएको हो ।

आमाको मृत्यु बु्बा बैदेसिक रोजगारमा गएपनि सम्पर्कमा नआउँदा १४ बर्षिया अस्मिता, ११ बर्षिया सुस्मिता, ४ बर्षकी अमृता र २ बर्षकी अमृतले मंसिरको चिसो रात, नजिकै रहेका म्याग्दी खोलाबाट चलेको सिरेटोले मुटु नै कमाउने गरी जाडोमा खाली खुट्टा, एकसरे लुगा लगाउनुपर्ने बाध्यता रहेको छ । बालबालिका मावली हजुरआमा र मामासंगै बस्छन् । यो भिडियो हेर्नुहोस्