विचल्लीमा परेका बालबालिकालाई उत्साही समुहको सहयोग

0

चरम गरिबीका कारण आमाले आत्महत्या गरेपछि अलपत्र परेका चार बालबालिकालाई एक यूवा क्लवले करिव २० हजार बराबरको लत्ताकपडा, खाद्यान्न साम्रागी सहयोग गरेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा छाप्रोमा बस्दै आएकी मैयाँ किसानले गतबर्षको चैत्र महिनामा कोठाभित्रै पासो लगाएर आत्महत्या गरेपछि विद्यालय जानबाट समेत बन्चित भएका अलपत्र परेका छोराछोरीलाई पर्वत बेनीमा अवस्थित उत्साहित समुहका अध्यक्ष मनोहर श्रेष्ठको नेतृत्वमा घरमै पुगेर न्यानो कपडा, ओड्ने ब्लाङकेट, खाद्यान्न लगाएत घरायसी सामान हस्तान्तरण गरेका थिए ।

दोस्रो उत्साहित कपको आम्दानीबाट बचत भएको रकमबाट सहयोग गरिएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय कार्यालयका प्रमुख दल बहादुर थापा, प्रकाश मावि श्रोतकेन्द्रका श्रोतब्यक्ति मोहन बानियाँको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको थियो । बुबा बैदेशिक रोजगारमा गएको केही महिनामै आमाले आत्महत्या गरेपछि विद्यालय जान समेत छोडेका बालबालिकालाई स्वदेश तथा विदेशबाट समेत प्रतिबद्धता आएकोे छ । बालबालिकाका अवस्थाका बारेमा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोगको प्रतिबद्धता आउने थालेको छ ।

सोही क्रममा मालिका गाउँपालिका–२ रूम बेली घरभई हाल इजरायल रहेकी विष्णु पुनमगरले समेत सहयोगको प्रतिबद्धता जनाएकी छन् विदेशमा रहेका बुबा समेत नियमित सम्पर्कमा नआउँदा मावली हजुरआमा र मामासंगै साँधुरो कोठाको भुईमै रात काट्ने १४ बर्षिया अस्मिता, ११ बर्षिया सुस्मिता, ४ बर्षकी अमृता र २ बर्षका अमृतलाई थप सहयोगको आवश्यकता रहेको स्थानीयको भनाई छ । एउटा कोठामा बस्दै आएका बालबालिकालाई आवासीय सुविधा सहित शिक्षादिक्षाका लागी पहल भइरहेको स्थानीय सुमन श्रेष्ठले बताए । उनका अनुसार सहयोगदाता मार्फत सहयोगका लागी पहल भइरहेको बताए ।