प्रथम दाना महोत्सवलाई पुनमगर पुख्यौली संरक्षण समुह यूकेले ५० हजार सहयोग

0
303

समुन्द्रपारीका देशमा पुख्यौली नाचको संरक्षणमा सक्रिय पुनमगर पुख्यौली संरक्षण समुह यूकेले उत्तरी म्याग्दीको पर्यटकीयस्थल दानामा हुने प्रथम दाना महोत्सवलाई ५० हजार आर्थिक सहयोग गरेका छन् । आगामी पुष महिनाको अन्तिम साता सुरु हुने महोत्सवमा गाउँपालिका भित्रका पुख्यौली नाचको प्रचारप्रसार तथा विशेष प्रर्दशन गरिने भएकाले उत्साहित भएको समुहका विलपुर्जा मगरले बताए ।

‘पुख्यौली नृत्यको प्रर्वधनमा निरन्तर सक्रिय छौ,‘नयाँ पुस्तालाई सक्रिय सहभागी हुन्छु’ उनले भने । धौलागिरी नौमति बाजा समुह यूकेका अध्यक्ष समेत रहेका पुर्जाले महोत्सवले उत्तरी म्याग्दीको प्रचारप्रसारमा समेत भूमिका खेल्ने भएकाले आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न अनुरोध गरेका छन् ।

यूकेमा आयोजित कार्यक्रममा समुहका मनविर पाईजा लगाएतले महोत्सवका मुल संयोजक एवम् शिक्षा विकास कोषका संयोजक कृष्ण तुलाचन, फ्रेन्डली ब्रर्दस दाना सेरोफेरो यूकेका अध्यक्ष बल पुर्जा मगर लगाएत महोत्सवका विभिन्न जिम्मेबारीमा रहेका संयोजक सहितको टोलीलाई हस्तान्तरण गरेका थिए । सोही अवसरमा महोत्सवमा तारा खेलमा सहभागी हुन जानेलाई भेस्ट स्पोन्सर गरी पुन मगर समाज यूकेका अध्यक्ष तेज राम्जालीलाई हस्तान्तरण गरिएको थियो । दानामा रहेका पर्यटकीयस्थलको प्रचारप्रसार, शिक्षा विकासमा आवश्यक पर्ने पूर्वाधार विस्तार, कला र संस्कृतिको संरक्षण, कृषि, शिक्षा लगाएत विभिन्न उदेश्यका साथ महोत्सव गरिने छ । महोत्सवको अवसरमा खेलकुद सहित विविध सन्देशमुलक कार्यक्रमहरु समेत गरिने मुल आयोजकले जनाएको छ।