पर्वत बेनीमा अवस्थित न्यू होराईजन माध्यामीक बिद्यालयको आयोजनामा बुधबारदेखि तेस्रो अन्तर माध्यामीक फुटबल प्रतियोगीमा सुरु भएको छ । शैक्षिक संगै खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिने गरेको विद्यालयले सुरु गरेको प्रतियोगितामा म्याग्दी र पर्वतका गरी १८ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको पहिलो दिन भएको खेलमा आयोजकले बुद्ध एकेडेमी बगरफाँटले पेनाल्टी सुटआउटमा पराजित गरेको छ । त्यस्तै दोस्रो खेलमा माउण्ट एकेडेमीलाई म्याग्दी एकेडेमीले पेनाल्टीमा पराजित गरेको छ । त्यस्तै अर्को खेलमा गतबर्षको विजेता बुद्ध एकेडेमीको अर्को समुहले बालमन्दिर आधारभुतलाई सुन्यका विरुद्ध ५ गोल प्रहार गरेको थियो ।

त्यस्तै बावियाचौरको डर्निङ आवासीयले बेनी सामुदायिक मावलाई पेनाल्टीमा पराजित गरेको थियो भने पहिलो दिनको अन्ति खेलमा बेनी आवासीय माविलाई लिटल गार्डेन एकेडेमीले १ का विरुद्ध २ गोल प्रहार गदै दोस्रो चरणमा प्रवेश गरेको विद्यालयका सहायक प्रध्यानध्याक अर्जुन पौडेलले जानकारी दिए ।  ‘खेलकुदलाई विद्यालयको प्राथमिकतामा राखेका छौ, अतिरिक्त क्रियाकलापले समेत विद्यार्थीलाई सक्षम बनाउन सकिन्छ’ उनले भने । खेलकुद र शैक्षिक प्रतियोगितामा निजी र सामुदायिक विद्यालय बीचको सहकार्यमा समेत सहज भएको विद्यालयका प्लस टु कोअर्डिनेटर नारायण पौडेलले बताए ।

छोटो तथा खेलाडीको खेललाई प्रर्दशन र सिक्न समेत सजिलो हुने फाईभ ए साईड खेलमा म्याग्दीको मंगला गाउँपालिका २ बावियाचौरको डर्निङ आवासीय विद्यालयले समेत सहभागिता जनाएपछि भविस्यमा म्याग्दीका ग्रामिण क्षेत्रमा आयोजना हुने प्रतियोगितामा समेत सहभागिता जनाउने विद्यालयले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले रनिङशिल्ड र नगद १७ हजार दोस्रो हुनेले नगर ९ हजार प्रमाण–पत्र मेडल, ट्रफीका साथै उत्कृष्ट विधामा पुरस्कृत समेत गरिने छ ।