इक्यान शैक्षिक परामर्श मेला पोखरामा,एभरेष्ट ग्लोबल एजुकेशन विशेष भूमिकमा

0

वैदेशिक शिक्षालाई लक्षित गरी गण्डकी प्रदेशको पोखरामा ईक्यान (शैक्षिक परामर्श संघ, नेपाल) एजुकेसन फेयरमा विद्यार्थीको आर्कषण देखिएको छ । बुधबार गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले उद्घाटन गरेका थिए ।

गण्डकी प्रदेश अन्तरगत धौलागिरी र गण्डकीभित्रका विभिन्न जिल्लाका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको मेलामा म्याग्दी जिल्लाका केही यूवाहरुले स्थापना गरेको एभरेष्ट ग्लोबलको स्टलमा परामर्श लिने विद्यार्थीको चाप रहेको सञ्चालक पदमलाल सापकोटाले बताए । उनका अनुसार शैक्षिक परामर्शको लागि एभरेष्ट ग्लोबल एजुकेशनले शिक्षाका साथै आवश्यक सम्पूर्ण कागजात लगाएत विद्यार्थीको चाहना अनुसारका गतिविधिहरुलाई प्राथमिकता दिएको छ ।

साथै अभिभावकसंग समेत अन्तरक्रिया समेत गर्ने गरेको छ । एभरेष्ट ग्लोबल एजुकेशनको स्टलवाट स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा लिन सकिने छ । एभरेष्ट ग्लोबलको बेनीमा रहेको शाखाबाट समेत विद्यार्थीहरु सहित अभिभावक पोखरामा पुगेका छन् । हालसम्म एभरेष्ट ग्लोबलबाट म्याग्दीबाट २५ जना अस्टेलियाका विभिन्न कलेजमा अध्ययरत छन् ।