म्याग्दीको मंगला गाउँपालिकामा समेत एक वडा एक हेलिप्याड बनाउन सुरु गरिएको छ । आकस्मिक बिरामी र दुर्घटनाका घाईतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपद्मा आवश्यकता अनुसार राहत उपलब्ध गराउन सहज हुने गरी मंगला गापा १ कुहुँको महभीरमा हेलिप्याड निर्माण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष सृजना केसीको नेतृत्वमा शसस्त्र प्रहरी बल म्याग्दीका डिएसपी अनिल कार्कीको टोलीले नेपाली सेनाको एआई १७ हेलिकप्टरलाई समेत सहज हुने गरी हेलिप्याड बनाएको स्थानीय यूवा एकजित रोकाले बेनीअनलाइनलाई बताए । उनका अनुसार शसस्त्र प्रहरीको टोलीलाई स्थानीय यूवाले समेत सहयोग गरेका थिए । जिल्लाको रघुगंगा गापाको पाखापानी र मालिका गापाको रुममा यसअगाडी नै हेलिप्याढ बनाइसकिएको छ ।

आकस्मिक बिरामी र दुर्घटनाका घाईतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपद्मा आवश्यकता अनुसार राहत उपलब्ध गराउन सहज हुने गरी स्वास्थ्यचौकी आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् ब्यवस्थापन समितिसंग सहकार्य गरिएको मंगला गापाका अध्यक्ष सतप्रसाद रोकाले बताए । उनका अनुसार गापँपालिका भित्रका पाँचवटै वडामा सजिलै उद्धार गर्न मिल्ने ठाउँमा हेलिप्याड बनाउने बताए ।

उनले सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा गम्भीर घाईतेमा सहजै उपचारको पहुँच बढाउन सुरू गरेको ’एयर एम्बुलेन्स’ सुरू गरेपछि वडास्तरमा निर्मित हेलिप्याडले सहज हुने अध्यक्ष रोकाले बताए । गाउँपालिका भित्र एउटा वडामा एउटा हेलिप्याडले सहज नहुने भएपनि भविस्यमा आवश्यकता अनुसार थप गर्न सकिने बताइएको छ । बेनी नगरपालिका सहित जिल्लाका सबै वडामा हेलिप्याडमा शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले प्राविधिक सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आवतजावतमा सहज हुने बताए । पर्यटकीयस्थलमा घाईते भएका पर्यटक तथ हलिकप्टरबाट घुम्न आउनेलाई समेत सहज हुने भएकाले पनि स्थानीय तहले समेत प्राथमिकता दिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापा समेत म्याग्दीकी हुन् । उनले जिल्ला भ्रमणमा समेत एयर एम्बुलेन्सका लागी न्यूनतम पुर्वाधारमा स्थानीय तहले चासो देखाउनुपर्ने बताउने गरेकी थिईन् । जिल्लाको धवलागिरी, रघुगंगा गाउँपालिकाका केही वडामा अझे सडक सञ्जाल पुग्न सकेको छैन् ।