होराईजन ५ ‘ए’ साईडको पहिलो चरणका खेल सकिए

0
245

पर्वत बेनीमा अवस्थित न्यू होराईजन माध्यामीक बिद्यालयद्धार सञ्चालित तेस्रो होराईजन कपको पहिलो चरणका सबै खेल सकिएका छन् । बिहिबार सम्पन्न खेलमा आयोजक होराईजनले बेनीको प्रकाश माविलाई १ का विरुद्ध ६ गोल, प्रकाश मावि ‘बि’ ले रत्नेचौरको भानु माविलाई ०–६ गोल, वेष्ट पोइन्ट आवासायीले माउण्ट एभरेष्टलाई ०-६ गोल, पश्चिम म्याग्दीको बावियचौरमा अवस्थित डनिङ आवासीय माविले शिव माविलाई ०-२ गोल र अन्तिम खेलमा वेष्ट पोइन्टले लोकदिप आवासीय माविलाई १ गोलका विरुद्ध ११ प्रहार गरेको थियो ।

शैक्षिक संगै खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिने गरेको विद्यालयले सुरु गरेको प्रतियोगितामा म्याग्दी र पर्वतका गरी १८ टिमले सहभागिता जनाएका थिए । छोटो तथा खेलाडीको खेललाई प्रर्दशन र सिक्न समेत सजिलो हुने फाईभ ए साईड खेलका आर्कषण बढेको विद्यालयले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले रनिङशिल्ड र नगद १७ हजार दोस्रो हुनेले नगर ९ हजार प्रमाण–पत्र मेडल, ट्रफीका साथै उत्कृष्ट विधामा पुरस्कृत समेत गरिने छ ।